+
+
Shares

सरकारसँग कति छ पैसा ?

अघिल्लो आव अन्तिमको तुलनामा सरकारी खातामा रहेको यो मौज्दात करिब तीन गुणाले बढी हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते १९:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा सरकारी ढुकुटीमा ४ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ नगद मौज्दात रहेको छ।
  • गत आर्थिक वर्षको असार मसान्तको तुलनामा सरकारको नगद मौज्दात २ खर्ब ८० अर्ब ७६ करोड रुपैयाँले वृद्धि भएको तथ्यांकले देखाएको छ।
  • अघिल्लो आर्थिक वर्षको अन्त्यमा १ खर्ब ३७ अर्ब ७८ करोड रुपैयाँमात्र रहेको सरकारी मौज्दात अहिले करिब तीन गुणाले बढेको छ।

२९ असार, काठमाडौं । सरकारको ढुकुटीमा ४ खर्ब १८ अर्ब रुपैयाँभन्दा बढी नगद मौज्दात रहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्ष ११ महिना (२०८३ जेठ मसान्त) सम्म सरकारको खातामा उक्त रकम जम्मा भएको हो ।

अघिल्लो आव अन्तिमको तुलनामा सरकारी खातामा रहेको यो मौज्दात करिब तीन गुणाले बढी हो ।

राष्ट्र बैंकका अनुसार २०८३ जेठ मसान्तसम्म केन्द्रीय बैंकमा रहेका नेपाल सरकारका विभिन्न खातामा ४ खर्ब १८ अर्ब ५४ करोड नगद मौज्दात छ ।

२०८२ असार मसान्तमा यस्तो मौज्दात कुल १ खर्ब ३७ अर्ब ७८ करोडमात्र थियो । ११ महिना अवधिमै सरकारको नगद मौज्दातमा २ खर्ब ८० अर्ब ७६ करोड रुपैयाँले वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?