+
+
Shares

सुनसरीमा विद्युत् कार्यालयको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते ७:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको इटहरीमा गएराति विद्युत् कार्यालयको भ्यान अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा परी ३२ वर्षीय चालक बिर्खबहादुर राई र ४९ वर्षीय सुमन आचार्यको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो।
  • प्रहरीका अनुसार घाइते पवन राईको सोही अस्पतालमा उपचार भइरहेको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

३० असार, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

बा १ ञ १६५१ नम्बरको भ्यान गएराति अनियन्त्रित भई दुर्घटना हुँदा चालक धरान उपमहानगरपालिका–१३ बस्ने ३२ वर्षीय बिर्खबहादुर राई र धरान उपमहानगरपालिका–१६ बस्ने ४९ वर्षीय सुमन आचार्यको मृत्यु भएको हो । दुवै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका भ्यानमै सवार धरान उपमहानगरपालिकाका-२० बस्ने ३२ वर्षीय पवन राईको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कोशी लोकमार्गमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको भ्यान आफैं अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटहरी सुनसरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?