+
+
Shares

गृहमन्त्री भेट्न आउने खबरले निजगढमै रोकिए मिटरब्याज पीडित

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते ८:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिटरब्याज पीडितको पैदल न्याय मार्च बाराको निजगढ पुगेको छ ।
  • गृहमन्त्री सुधन गुरुङले निजगढमा मिटरब्याज पीडितसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
  • पीडितका नेता मनोज पासवानले भने, 'हामी आज बिहान पैदल मार्चमा निस्किसकेका थियौं, प्रहरीको जानकारीपछि पुनः हलमा बसेका छौं ।'

३० असार, जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङ भेट्न आउन लागेको खबर पाएपछि मिटरब्याज पीडित निजगढमै रोकिएका छन् ।

राति उद्योग वाणिज्य संघको सभाहलमा विश्राम गरेर आज बिहान पैदल मार्चमा निस्किन लागेका उनीहरूलाई स्थानीय प्रहरीले गृहमन्त्री सुधन गुरुङ भेट्न आउन लागेको जानकारी गराएको मिटरब्याज पीडितका नेता मनोज पासवानले जानकारी दिए ।

‘हामी आज बिहान पैदल मार्चमा निस्किसकेका थियौं । करिब दुई सय मिटर निस्केपछि स्थानीय प्रहरीले गृहमन्त्री भेट्न आउन लागेको जानकारी दिएको छ,’ उनले भने, ‘त्यसपछि हामी फर्केर फेरि हलमै बसेका छौं ।’

असार २५ गते जनकपुरधामको तिरोतियागाछीबाट निस्केको मिटरब्याज पीडितको ‘पैदल न्याय मार्च’ सोमबार साँझ बाराको निजगढ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?