+
+
Shares

बालेनको उद्घोषस्थलबाटै थाले मिटरब्याज पीडितहरूले काठमाडौंको पैदल मार्च

बालेनले तिरहुतियागाछीबाटै भनेका थिए– अब अधिकार माग्न काठमाडौं जान पर्दैन

गत माघ ४ गते यही ठाउँमा आयोजित रास्वपाको सभाबाट ‘उद्घोष’ गर्दै वर्तमान प्रधानमन्त्री रहेका बालेन शहले अब मिटरब्याज पीडितलाई अधिकार माग्न काठमाडौं नै जान नपर्ने भनेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते १८:०६

२५ असार, जनकपुरधाम । जनकपुरधामको ऐतिहासिक तिरहुतियागाछीदेखि मिटरब्याज पीडितहरू काठमाडौंका लागि पैदल मार्चपास प्रारम्भ गरेका छन् ।

गत माघ ४ गते यही ठाउँमा आयोजित रास्वपाको सभाबाट ‘उद्घोष’ गर्दै वर्तमान प्रधानमन्त्री रहेका बालेन शाह (बालेन) अब मिटरब्याज पीडितलाई अधिकार माग्न काठमाडौं नै जान नपर्ने भनेका थिए ।

तर मिटरब्याज पीडितको न्यायको लागि कुनै कदम नचालेपछि ६ सुत्रीय मागसहित उनीहरू पैदल मार्च गर्दै काठमाडौं लागेका हुन् ।

सरकारले विगतमा पटक पटक गरेको सम्झौता स्मरण तथा कार्यान्वयन गराउनसहित ६ सुत्रिय मागसहित मिटरब्याज पीडितहरू मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालको ब्यानरमा एकीकृत भएर काठमाडौं तताउन लागेका हुन् ।

मिटरब्याजसँग सम्बन्धित तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन, चेकलगायत सबै फर्जी लिखत मन्त्रिपरिषद् निर्णयबाट अवैध घोषणा गरी खारेज गर्नु पर्ने माग राखेको छ ।

यस्तै मिटरब्याज अपराध नियन्त्रणका लागि कडा र प्रभावकारी विशेष ऐन निर्माण गरी कडाइका साथ कार्यान्वयन गर्नु पर्ने,  मिटरब्याजसम्बन्धी मुद्दा छिटो टुंग्याउन विशेष न्यायाधिकरण गठन, फर्जी मुद्दाको पुनरावलोकन तथा पीडितमैत्री न्यायिक संयन्त्र स्थापना गर्नु पर्ने माग उनीहरूको छ ।

यस्तै साहु–महाजनले अवैध रूपमा आर्जन गरेका सम्पत्ति छानबिन गरी गैरकानुनी सम्पत्ति जफत तथा बैंक कारोबारको आधारमा अनुसन्धान गर्नु पर्ने, पीडितको चल–अचल सम्पत्ति फिर्ता गराई दोषीलाई कानुनी कारबाही, क्षतिपूर्ति तथा सम्पत्ति फिर्ता प्रक्रियामा सहुलियत दिनु पर्ने माग छ ।

त्यसै गरी शोषित, उत्पीडित तथा साना व्यवसायीलाई सहज ऋण, वित्तीय पहुँच र न्यायपूर्ण आर्थिक कारोबार सुनिश्चित गर्ने विशेष कार्यक्रम सञ्चालन गर्नु पर्ने पनि पीडितको माग छ ।

मिटरब्याज पीडितहरू मिटरव्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालका अध्यक्ष कुशवाहा यो मागको लागि काठमाडौंसम्म पुगेर सशक्त आन्दोलन गर्ने बताए ।

‘विगतमा सरकारले पटक पटक सहमति सम्झौता गर्यो । तर उजुरी दिएका पीडिहरूले न्याय पाएनन् । त्यस कारण सशक्त आन्दोलनको विकल्प छैन,’ उनले भने ।

मिटरब्याज पीडितहरू दिनहु २० देखि २५ किलोमिटर हिडेर अघि बढ्ने पीडितहरूका नेता मनोज पासवानले बताए । उनका अनुसार मार्च अघि बढ्दै जाँदा अन्य ठाउँका पीडितहरू पनि जोडिँदै जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?