News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सचेतक क्रान्तिशिखा धितालले अदालतमा विचाराधीन मुद्दा कार्यसूचीमा राखेको भन्दै संसदीय समितिको कार्यसम्पादनप्रति प्रश्न उठाएकी छिन्।
- धितालले संवेदनशील विषय तत्काल स्थगित गरी अन्य विविध विषयमा छलफल अगाडि बढाउन सभापतिसमक्ष आग्रह गरेकी छिन्।
- उनले भनिन्, ‘यदि हामीले छलफल नै गर्न नमिल्ने विषय हो भने यसलाई एजेन्डामा किन राखियो ? सचिवालयले कार्यसूची तय गर्दा यस्ता संवेदनशील विषयमा ध्यान दिनुपर्छ।’
३० असार, काठमाडौं । रास्वपा सचेतक क्रान्तिशिखा धितालले अदालतमा विचाराधीन मुद्दालाई कार्यसूची (एजेण्डा) को मुख्य भागमा राखेको भन्दै समितिको कार्यसम्पादनप्रति प्रश्न उठाएकी छिन् ।
मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्ने क्रममा उनले समितिको कार्यसम्पादनप्रति प्रश्न उठाएकी हुन् ।
धितालले समयको अभाव र संवेदनशीलतालाई मध्यनजर गर्दै उक्त विषयलाई तत्कालका लागि स्थगित गरी अन्य विविध विषयमा छलफल अगाडि बढाउन सभापतिलाई आग्रह गरिन् ।
‘यदि हामीले छलफल नै गर्न नमिल्ने विषय हो भने यसलाई एजेन्डामा किन राखियो ? सचिवालयले कार्यसूची तय गर्दा यस्ता संवेदनशील विषयमा ध्यान दिनुपर्छ,’ उनले भनिन् ।
राहदानी छपाइमा भएको ठेक्का प्रक्रिया र त्यसमा संलग्न कर्मचारी तथा अन्य पक्षका बारेमा समितिले चासो राखे पनि न्यायिक प्रक्रियामा रहेको विषय भएकाले बैठक मुख्य एजेन्डामा प्रवेश नगरी अन्य प्राविधिक विषयमा केन्द्रित भएको थियो ।
प्रतिक्रिया 4