+
+
Shares

तीर्थराज अर्यालसहितलाई दोस्रो पटक म्याद थप, अझै ५ दिन हिरासतमा राख्न अनुमति

विशेष अदालतका न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले उनीहरूमाथि अनुसन्धानका लागि दोस्रो पटक ५ दिनको म्याद थपको अनुमति दिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते १८:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राहदानी छपाइमा अनियमितता गरेको कसूरमा पक्राउ परेका तीर्थराज अर्यालसहित चारजनाविरुद्ध अनुसन्धान गर्न विशेष अदालतले म्याद थपको अनुमति दिएको छ।

५ असार, काठमाडौं । राहदानी छपाइसम्बन्धी कार्यमा अनियमितता गरेको कसूरमा अनुसन्धानका लागि पक्राउ परेका तीर्थराज अर्यालसहित चारजनाविरुद्ध ४ दिन म्याद थपका लागि विशेष अदालतले अनुमति दिएको छ ।

विशेष अदालतका न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले उनीहरूमाथि अनुसन्धानका लागि दोस्रो पटक ५ दिनको म्याद थपको अनुमति दिएको हो ।

प्रतिवादीहरूमा तीर्थराज अर्याल, सुनील कुमार केसी, तुलसीप्रसाद आचार्य र मणिन्द्र मल्लविरुद्ध म्याद थप भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक अर्याललाई असार २ गते पक्राउ गरेको थियो । ई–पासपोर्ट खरिद प्रक्रियामा भेरिएसन आदेशको दुरुपयोग गरी राज्यलाई आर्थिक भार पारेको आरोप लाग्दै आएको थियो ।

प्रतिस्पर्धात्मक टेन्डर नगरी पुरानै आपूर्तिकर्तासँग सम्झौता थप्दा राज्यलाई घाटा परेको कुरा उठ्दै आएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?