News Summary
Generated by OK AI. Editorially reviewed.- सभामुख डोलप्रसाद अर्यालले विपद् पूर्वतयारी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन दोस्रो पटक सरकारलाई रुलिङ गरेका छन् ।
- सभामुखले बाढी, पहिरो र डुबानबाट हुने क्षति न्यूनीकरण गर्न र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।
- यसअघि २२ असारमा पनि सभामुख अर्यालले सांसदहरूले उठाएका समसामयिक विषयमा जवाफ दिन र विपद् व्यवस्थापनबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएका थिए ।
३० असार, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सरकारलाई दोस्रो पटक रुलिङ गरेका छन् ।
पहिलो पटक सभामुख अर्यालले २२ असारमा सभाको आकस्मिक र शून्य समयमा सांसदहरूले विभिन्न समसामयिक विषयहरूमा उठाएका विषयहरूका सन्दर्भमा जवाफ दिन रुलिङ गरेका थिए ।
साथै देशका बिभिन्न भागमा बाढी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षति नियन्त्रण एवं न्यूनीकरण गर्न, विपद् व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका कामकारबाहीका सम्बन्धमा समेत जानकारी गराउन नेपाल सरकारलाई निर्देश गरेका थिए ।
दोस्रो पटक आज मंगलबार सरकारलाई रुलिङ गरेका हुन् ।
‘यस वर्षको मनसुन सुरु भइ बाढी पहिरो तथा डुबान जस्ता विपद्जन्य घटनाहरू बढ्न थालेका छन् । यस्ता विपद्जन्य घटनाका कारण हुन सक्ने मानवीय एवं भौत्तिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद् पूर्व तयारी राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु ।’
प्रतिक्रिया 4