News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता प्रक्रियालाई व्यवस्थित बनाउन १ साउनदेखि अनलाइनमार्फत उजुरी दर्ता गर्ने व्यवस्था लागू गर्ने भएको छ ।
- सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले अनलाइनबाट आएका उजुरीमाथि छानबिन गरी बचत फिर्ताको काम अघि बढाउने जानकारी दिइन् ।
- मन्त्री पौडेलले सहकारी बचत फिर्तालाई सरकारले प्राथमिकताका साथ निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।
३० असार, काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीबाट बचत फिर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन १ साउनदेखि अनलाइनमार्फत उजुरी दर्ता गर्ने व्यवस्था लागु गर्ने भएको छ ।
मंगलबार बचत रकम फिर्ता शुभारम्भ कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले यस्तो जानकारी गराएकी हुन् ।
उनले अगामी १ साउनदेखि अनलाइनमार्फत उजुरी दर्ता गर्न सकिने र उजुरीउपर छानबिन गरी बचतकर्ताको रकम फिर्ता प्रक्रिया अघि बढाइने बताइन् ।
सहकारी बचत फिर्तालाई सरकारले निरन्तरता दिएर अघि बढ्ने पनि उनले बताइन् ।
उनेले भनिन्, ‘सहकारी बचत फिर्तालाई प्रदेश सरकारले निरन्तरता दिएर अगाडि बढ्नेछ । त्यसकारण सबै सहकारी पीडित नागरिकलाई धैर्य भएर बसिदिनका लागि अनुरोध गर्न चाहन्छौँ । अब हामीले समस्याग्रस्त सहकारीविरुद्ध अनलाइनमार्फत नै उजुरी दिने व्यवस्था गर्दैछौँ ।’
उनले समस्याग्रस्त सहकारीका वचतकर्ताको बचत फिर्ता गर्ने कार्यलाई अभियानका रुपमा सञ्चालन गरिने समेत जानकारी दिइन् ।
प्रतिक्रिया 4