News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा सदस्य गणेश कार्कीले गरिबीका कारण मात्रै आत्महत्या नहुने उल्लेख गरे ।
- कार्कीले फिनल्याण्डको उदाहरण दिँदै आत्महत्याको वास्तविक कारण खोजिनुपर्ने बताए ।
- उनले नेपालमा दैनिक १८ जनाले आत्महत्या गर्ने गरेको जानकारी दिँदै यो विषयलाई राजनीतिकरण नगर्न आग्रह गरे।
३० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले गरिबीका कारणले मात्रै आत्महत्या नहुने बताएका छन् ।
उनले प्रतिनिधिसभाको बैठकमा बोल्दै भने, ‘गरिबीका कारणले मात्रै आत्महतया हुँदैन । गरिबीका कारणले मात्रै आत्महत्या गर्ने भए संसारको खुसी, सम्पन्न भनेर मानिने फिनल्याण्डमा हरेक एक लाखमा १४ जनाले आत्महत्या गर्दैनथे ।’
आत्महत्याको कारण खोजिनुपर्ने उनले बताए । नेपालमा हरेक दिन १८ जनाको आत्महत्याका कारण ज्यान गइरहेको उनको भनाइ छ ।
उनले आत्महत्याको विषयलाई राजनीतिकरण गर्न नहुने पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4