३० असार, काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर गरेका १६ जना अभियुक्तलाई मंगलबार सजाय सुनाएको छ ।
अदालतले सजाय सुनाउँदा बढी सजाय पाउनेहरूले ४ वर्ष कैद र ४० हजार जरिबानाको सजाय पाउँदा कम पाउनेले एक वर्ष कैद र १० हजार जरिबानाको सजाय पाएका छन् ।
जिल्ला अदालतको फैसलापछि मुद्दा दायर गर्ने सरकारी पक्ष र आरोपित पक्ष पुनरावेदनका लागि उच्च अदालत जान पाउँछन् । थुनामा रहेका आरोपितहरूले थुनामै बसेर उच्च अदालतमा पुनरावेदन दिन पाउँछन् । तर, थुनाबाट छुटेकाहरूले कैदबापत दैनिक ३०० र जरिबानाको रकम धरौटी राखेर पुनरावेदन दिन पाउँछन् ।
तर, थुनामै बसेको अवस्थामा अदालतले निर्धारण गरेको कैद बराबर थुनामा बसेमा भने उनीहरू थुनाबाट छुट्न पाउँछन् ।
यो फैसलाले दोषी ठहर गरेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण, शरणार्थी नेता टेकनाथ रिजाल, शमशेर मियाँ, गोविन्दकुमार चौधरी, आङटावा शेर्पालगायतका व्यक्ति यसअघि धरौटीमा छुटेका थिए ।
प्रतिक्रिया 4