+
+
Shares

‘ग्लोबल डान्स लिग’ मा भाग लिन नेपाली टोली बैंककमा, परीक्षा लिम्बु पनि सहभागी

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते १५:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’ मा सहभागिता जनाउन नेपाली टोली थाइल्यान्ड पुगेको छ।
  • प्रतियोगितामा ‘टिम एनटी’, ‘दि इननेट सउल’ र ‘एनडिए जुनियर’ गरी नेपालका तीन टोलीले प्रतिस्पर्धा गर्नेछन्।
  • नृत्य निर्देशक जेडी तमुले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुहुनेछ, जुन नेपाली नृत्य क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि हो।

काठमाडौं । अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’ मा सहभागिता जनाउन जम्बो नेपाली टोली थाइल्यान्ड पुगेको छ । विश्वभरका उत्कृष्ट नर्तक, प्रशिक्षक तथा कोरियोग्राफरको सहभागिता रहने प्रतियोगितामा यसपटक नेपालबाट तीन टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

ग्लोबल डान्स लिग नेपालका राष्ट्रिय निर्देशक रोशन गहतराजका अनुसार हालै नेपालमा सम्पन्न ‘वल्र्ड अफ डान्स नेपाल २०२६’ बाट छनोट भएका टोलीले थाइल्यान्डमा नेपालको प्रतिनिधित्व गरिरहेका छन् ।

प्रतियोगिताको टिम डिभिजन विजेता ‘टिम एनटी’, रनर अप ‘दि इननेट सउल’ तथा जुनियर टिम डिभिजन ‘एनडिए जुनियर’ले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने भएका हुन् । लिगको ओपनिङ समारोह आज बुधबार साँझ हुँदैछ ।

प्रतियोगितामा अभिनेत्री परीक्षा लिम्बु पनि उपस्थित हुँदैछिन् । नृत्य निर्देशक जेडी तमु निर्णायकको भूमिकामा छन् । विश्वका विभिन्न देशका प्रतिष्ठित निर्णायकसँगै उनी जज प्यानलमा समावेश छन् ।

निर्देशक गहतराजका अनुसार यति ठूलो अन्तर्राष्ट्रिय नृत्य प्रतियोगितामा नेपालबाट पहिलोपटक यस स्तरमा निर्णायक चयन हुनु नेपाली नृत्य क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि हो । यस वर्षको प्रतियोगितामा निर्णायकको रूपमा विश्वप्रसिद्ध नृत्यांगना तथा कोरियोग्राफर काया पियर्स पनि सहभागी रहनेछिन् ।

न्यूजिल्यान्डकी पियर्स अमेरिकी पपस्टार जस्टिन बिबरको चर्चित गीत ‘सरी’को म्युजिक भिडियोमा कोरियोग्राफीका लागि विशेष रूपमा परिचित छिन् ।

प्रतियोगितामा विश्वभरबाट सयौँ नर्तक तथा नृत्य टोलीको सहभागिता रहनेछ । विभिन्न विधाका नृत्य प्रस्तुति, प्रतिस्पर्धात्मक प्रदर्शन र सांस्कृतिक आदानप्रदानका माध्यमबाट यो कार्यक्रम अन्तर्राष्ट्रिय नृत्य समुदायको प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ ।

यो लिगका कार्यक्रम बैंककमा १५ देखि १९ जुलाईसम्म आयोजना हुनेछन् । ८ वटा एपिसोडमा प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?