+
+
Shares

श्रेणीविहीन कर्मचारी हटाउने सरकारको तयारीमा आजपाको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते १७:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रेणीविहीन कर्मचारी हटाउने सरकारको तयारीप्रति आम जनता पार्टीले आपत्ति जनाएको छ।
  • प्रवक्ता तिलक थापा मगरले चौकीदार, ड्राइभर, भान्से र कार्यालय सहयोगीहरूलाई हटाउनु अन्यायपूर्ण र अमानवीय कार्य भएको बताएका छन्।
  • आजपाले गरीब वर्गले काम गर्ने पदबाट सेवा मात्र लिने तर अधिकार नदिने राज्यको व्यवहार पक्षपातपूर्ण रहेको आरोप लगाएको छ।

३१ असार, काठमाडौं । श्रेणीविहीन कर्मचारी हटाउने सरकारको तयारीमा आम जनता पार्टी (आजपा) ले आपत्ति जनाएको छ ।

आजपाका प्रवक्ता तिलक थापा मगरले प्रेस वक्तव्य निकालेर चौकीदार, ड्राइभर, भान्से, कार्यालय सहयोगी र स्वीपर लगायतका कर्मचारीहरूलाई हटाउनु अन्यायपूर्ण र अमानवीय भएको बताएका छन् ।

दशकौंदेखि राज्यलाई इमान्दारीपूर्वक आफ्नो सीप र क्षमता समर्पित गरेका राष्ट्रसेवकहरूलाई विनाकारण अलपत्र पार्नु कानुनी शासनको उपहास भएको वक्तव्यमा उल्लेख छ ।

गरिब र दु:खी वर्गले काम गर्ने यी पदहरूबाट सेवा लिने तर अधिकार नदिने राज्यको व्यवहार पक्षपातपूर्ण रहेको आजपाको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?