News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डविरुद्ध १-१ को बराबरी गोल फर्काएको छ।
- खेलको ८५औं मिनेटमा एन्जो फर्नान्डेजले कप्तान लियोनल मेसीको पासमा डिबक्सबाहिरबाट उत्कृष्ट प्रहार गर्दै गोल गरेका हुन्।
- यसअघि ५५औं मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
३२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा साविक विजेता अर्जेन्टिनाले इंग्ल्यान्डविरुद्ध बराबरी गोल फर्काएको छ ।
एटलान्टा स्टेडियममा जारी खेलको ८५औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा फर्काएका हुन् । कप्तान लियोनल मेसीको पासमा फर्नान्डेलले डिबक्सबाहिरबाट उत्कृष्ट प्रहार गर्दै गोल गरे ।
यसअघि खेलको ५५औं मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
प्रतिक्रिया 4