+
फिफा विश्वकप २०२६ :

अर्जेन्टिना र इंग्ल्यान्डबीचको खेल सुरु

२०८३ असार  ३२ गते ०:४४ २०८३ असार ३२ गते ०:४४

एटलान्टा स्टेडियममा सुरु भएको खेलमा साविक विजेता अर्जेन्टिना र इंग्ल्यान्ड भिडिरहेका छन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनल खेलमा साविक विजेता अर्जेन्टिना र इंग्ल्यान्ड आमनेसामने भएका छन् ।
  • अर्जेन्टिना लगातार दोस्रो पटक फाइनल पुग्ने लक्ष्यमा छ भने इंग्ल्यान्ड ६० वर्षपछि उपाधि भिडन्तको खोजीमा मैदान उत्रिएको छ ।
  • मेसी आठ गोलसहित गोल्डेन बुटको दौडमा अग्रस्थानमा छन् भने इंग्ल्यान्डका केन र बेलिङहमले समान ६–६ गोल गरेका छन् ।

३२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनल खेल सुरु भएको छ । एटलान्टा स्टेडियममा सुरु भएको खेलमा साविक विजेता अर्जेन्टिना र इंग्ल्यान्ड भिडिरहेका छन् ।

अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकपको फाइनलमा पुग्ने लक्ष्यमा छ भने इंग्ल्यान्ड ६० वर्षपछि विश्वकप फाइनल पुग्ने सपना बोकेर मैदान उत्रिएको छ ।

इंग्ल्यान्डले समूह चरणको पहिलो खेलमा क्रोएसियालाई ४–२ ले पराजित गर्दै प्रतियोगिताको सुरुवात गरेको थियो । दोस्रो खेलमा घानासँग गोलरहित बराबरी खेले पनि अन्तिम खेलमा पानामालाई २–० ले हराउँदै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गर्‍यो ।

अन्तिम ३२ मा कंगोविरुद्ध १ गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै २–१ को जित निकालेको इंग्ल्यान्डले अन्तिम १६ मा सहआयोजक मेक्सिकोलाई १० खेलाडीमा सीमित हुँदै पनि संघर्षपूर्ण ३–२ ले हरायो ।

क्वाटरफाइनलमा नर्वेविरुद्ध पनि सुरुवाती अग्रता गुमाएको इंग्ल्यान्डलाई जुड बेलिङहमले दुई गोल गर्दै २–१ को जित दिलाए । यससँगै इंग्ल्यान्ड पछिल्ला तीन विश्वकपमध्ये दोस्रो पटक सेमिफाइनलमा पुगेको हो ।

कप्तान ह्यारी केन र जुड बेलिङहमले समान ६–६ गोल गरेका छन् । एउटै विश्वकपमा कुनै टोलीका दुई खेलाडीले कम्तीमा ६–६ गोल गरेको यो दुर्लभ उपलब्धि हो । बुकायो साका र एन्थोनी गोर्डनले समान तीन–तीन असिस्ट गर्दै आक्रमणलाई धारिलो बनाएका छन् ।

यता साविक विजेता अर्जेन्टिनाले समूह चरणको पहिलो खेलमै अल्जेरियालाई ३–० ले हराउँदै उपाधि रक्षा अभियान सुरु गरेको थियो । कप्तान लियोनल मेसीले उक्त खेलमै ह्याट्रिक गर्दै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका थिए ।

त्यसपछि अर्जेन्टिनाले अस्ट्रियालाई २–० र जोर्डनलाई ३–१ ले हराउँदै समूह विजेता बन्यो । अन्तिम ३२ मा केप भर्डेविरुद्ध अतिरिक्त समयमा ३–२ को कठिन जित निकालेको अर्जेन्टिनाले अन्तिम १६ मा इजिप्टलाई पनि अन्तिम समयमा पुनरागमन गर्दै ३–२ ले हरायो ।

क्वाटरफाइनलमा स्विट्जरल्यान्डले निर्धारित समयमा कडा चुनौती दिए पनि अतिरिक्त समयमा जुलियन अल्भारेज र लाउतारो मार्टिनेजको गोलमा अर्जेन्टिनाले ३–१ को जित निकाल्दै लगातार दोस्रोपटक सेमिफाइनल यात्रा तय गर्‍याे ।

मेसी आठ गोलसहित गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा छन् ।

इंग्ल्यान्ड र अर्जेन्टिनाको लाइनअप यस्तो छ ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय