३१ असार, पाेखरा । पोखरा महानगरपालिकाले विश्वकप फुटबलको फाइनल खेल सामूहिक रूपमा हेर्ने व्यवस्था गर्ने भएको छ ।
जुलाई २० मा हुने अर्जेन्टिना र स्पेनबीचको विश्वकप फुटबल फाइनल पृथ्वीचोक, हल्लनचोकसहित पोखराका ११ स्थानमा ठूलो एलईडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गरिने मेयर धनराज आचार्यले जानकारी गराएका छन् ।
फुटबलप्रेमीहरूलाई भेला भएर विश्व फुटबलको सबैभन्दा ठूलो खेलको रोमाञ्च सँगै अनुभव गर्ने अवसर मिल्ने छ।
मेयर आचार्यले पायक पर्ने ठाउँमा उपस्थित भएर खेलको आनन्द लिन आग्रह गरेका छन् । खेलप्रेम, उत्साह र सामाजिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले सार्वजनिक स्थानमा फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्न लागिएको महानगरले जनाएको छ।
ठूलो पर्दाबाट खेल हेर्न मिल्ने ११ स्थानको विस्तृत सूची भने महानगरपालिकाले छिट्टै सार्वजनिक गर्ने मेयर आचार्यले बताएका छन् । यसअघिकाे फाइनल खेल पनि मेयर आचार्यकै नेतृत्वमा पृथ्वीचाेक र हल्लनचाेकमा देखाइएकाे थियाे ।
प्रतिक्रिया 4