+
+
Shares

केन्द्रले गठबन्धन ताेड्न निर्देशन दिएपछि कोशीमा कांग्रेस कार्यदलकाे बैठक

केन्द्रले सरकारबाट बाहिरिन निर्देशन दिएपछि सरकारकाे बारेमा निर्णय गर्न कांग्रेस कार्यदलकाे बैठक सुरु भएकाे हाे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते १२:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेसँगको सहकार्य तोड्ने केन्द्रीय निर्णयपछि नेपाली कांग्रेस कोशी प्रदेश कार्यदलको बैठक सुरु भएको छ।
  • उद्धव थापाको अध्यक्षतामा बसेको उक्त बैठकमा प्रदेशको पछिल्लो राजनीतिक अवस्था र सरकारमा पार्टीको सहभागिताका विषयमा छलफल भइरहेको छ।
  • केन्द्रको निर्देशनबमोजिम कांग्रेसबाट मन्त्री बनेका नेताहरूलाई सरकारबाट फिर्ता बोलाउने विषयमा बैठकले निर्णय गर्ने बताइएको छ।

३२ असार, विराटनगर । नेपाली कांग्रेसले नेकपा एमालेसँगकाे सहकार्य ताेड्ने निर्णय गरेपछि कांग्रेस काेशी प्रदेश स्तरीय कार्यदलकाे बैठक सुरु भएकाे छ । केन्द्रले सरकारबाट बाहिरिन निर्देशन दिएपछि सरकारकाे बारेमा निर्णय गर्न कांग्रेस कार्यदलकाे बैठक सुरु भएकाे हाे ।

नेपाली कांग्रेस कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको बैठकमा दलका उपनेता हिमाल कार्की, प्रमुख सचेतक गोपाल तामाङ, सहमहामन्त्री उमेश थापा, सांसदहरू अमृत अर्याल, गयानन्द मण्डललगायत सहभागी छन् ।

बैठकमा प्रदेशको पछिल्लो राजनीतिक अवस्था र सरकारमा पार्टीको सहभागिताका विषयमा छलफल भइरहेकाे छ । केन्द्रकाे निर्देशनपछि बसेकाे बैठकले पार्टीबाट प्रदेश सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बलाउन निर्देशन दिने बताइएकाे छ ।

प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी र भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङ सहभागी छन् । कार्यदलकाे सदस्य भाैतिक पूर्वाधार मन्त्री सुनुवार पनि हुन् । तर, उनी बैठकमा सहभागी भएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?