News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाले बुधबार राति इरानको सैन्य कमाण्ड सेन्टर, मिसाइल र ड्रोन केन्द्रहरूलाई निशाना बनाउँदै नयाँ हवाई हमला गरेको छ।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै वार्तामा नआए थप कारबाही गर्ने संकेत दिए।
- इरानका संसदका सभामुख मोहम्मद बगर गालिबाफले सम्झौताबाट फाइदा नभए त्यसलाई मान्नुपर्ने कुनै कारण नरहेको बताएका छन्।
अमेरिकाले बुधबार बेलुका इरानमाथि नयाँ हवाई हमला गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको राजधानी तेहरानलाई चेतावनी दिएका छन्।
अमेरिकी सैन्य संगठन सेन्टकमले यस नयाँ हमलाको बारेमा जानकारी दिएको छ। सेन्टकमका अनुसार उसले इरानमा रहेका सैन्य कमाण्ड सेन्टर, हवाई सुरक्षा ठेगाना, मिसाइल, ड्रोन केन्द्र र तटीय निगरानी केन्द्रहरूलाई निशाना बनाएको छ। सेनाले यी हमलाहरू अब समाप्त भइसकेको बताएको छ।
अमेरिकाले यस हमलाको मुख्य उद्देश्य इरानको सैन्य क्षमतालाई कमजोर बनाउनु रहेको बताएको छ।
इरानले होर्मुज स्ट्रेटबाट ओहोरदोहोर गर्ने व्यापारिक जहाज र चालक दललाई खतरा पुऱ्याउन सक्ने अमेरिकी दाबी छ।
यसअघि इरानले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य ठेगानाहरूमा हमला गरेको दाबी गरेको थियो। इरानको यो दाबीलगत्तै अमेरिकाले जवाफी कारबाही गरेको हो।
इरानका मुख्य वार्ताकार तथा संसदका सभामुख मोहम्मद बगर गालिबाफले सरकारी मिडियासँग कुरा गरेका छन्।
उनले भने, ‘यदि सम्झौताबाट कुनै फाइदा छैन भने इरानसँग त्यसलाई मान्ने कुनै कारण छैन।’
यसअघि मंगलबार अबेर राति ट्रम्पले इरानलाई धम्की दिएका थिए।
इरान अर्को हप्ता वार्तामा नआए त्यहाँका पुल र बिजुलीघरहरूमा हमला गर्ने उनले बताएका थिए। बुधबार अबेर राति पत्रकारहरूले ट्रम्पलाई यसको समयसीमाबारे प्रश्न सोधेका थिए।
जवाफमा ट्रम्पले भने, ‘मलाई समयसीमा तोक्न मन पर्दैन, तर उनीहरूलाई थाहा छ… उनीहरूले राम्रो व्यवहार गर्नुपर्छ।’
ट्रम्पले थप स्पष्ट पार्दै भने, ‘उनीहरू सम्झौता गर्न चाहन्छन्। उनीहरूलाई हाम्रो तरिका मन परेको छैन। अब हामी उनीहरूसँग सम्झौता गर्ने वा नगर्ने निर्णय गर्नेछौं।’
प्रतिक्रिया 4