+
+
Shares

अमेरिकामा धार्मिक आस्थाको कारण भारतीय नागरिकमाथि आक्रमण

अमेरिकाको युटा राज्यमा एक भारतीय व्यक्तिमाथि उनको धर्मका कारण चक्कु प्रहार भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते १३:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको युटा राज्यमा धार्मिक आस्थाका कारण भारतीय नागरिक सैयद सोहैलुद्दीनमाथि चक्कु प्रहार भएको छ।
  • अभियुक्त पिटर माइकल लार्सनले पीडितको धर्म सोधेर करिब १५ पटक चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका छन्।
  • भारतीय कन्सुलेट जनरलले घटनाप्रति दुःख व्यक्त गर्दै पीडितको परिवारलाई हरसम्भव सहायता प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

३१ असार, काठमाडौं । अमेरिकाको युटा राज्यमा एक भारतीय व्यक्तिमाथि उनको धर्मका कारण चक्कु प्रहार भएको छ। वेस्ट वैली सिटीमा रहेको वैली सिटी मलमा सोमबार दिउँसो यो घटना भएको हो।

सञ्चारमाध्यमका अनुसार मलमा काम गर्ने भारतीय नागरिक सैयद सोहैलुद्दीनमाथि पिटर माइकल लार्सनले हमला गरेका हुन्। सोहैलुद्दीनलाई करिब १५ पटक चक्कु मारिएको छ।

अभियुक्तले आक्रमण गर्नुअघि ती व्यक्तिलाई उनको धर्म सोधेको आरोप लागेको छ। अभियुक्त पिटर माइकल लार्सनले ती कर्मचारीलाई धार्मिक आस्थाकै कारण निशाना बनाएको कुरा पुलिसलाई बताएका छन्।

पुलिसले अभियुक्तलाई ज्यान मार्ने उद्योग र प्रतिबन्धित खतरनाक हतियार राखेको आरोपमा पक्राउ गरेको छ। घाइते सोहैलुद्दीनलाई अस्पताल लगिएको छ र उनको शल्यक्रिया भएको छ। स्थानीय मानिसहरूले हमला रोक्ने क्रममा आक्रमणकारीलाई कुटपिट गरेका थिए र उनी पनि अस्पतालमा भर्ना भएका छन्।

स्यान फ्रान्सिस्कोमा रहेको भारतीय कन्सुलेट जनरलले युटामा भएको यस घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।

कान्सुलेट जनरलले एक्स पोस्टमा भनेका छन्, “हामी ती व्यक्तिका साथीहरू र परिवारको सम्पर्कमा छौँ र हरसम्भव सहायता दिनका लागि तयार छौँ। हामी स्थानीय अधिकारीहरूसँग सम्पर्कमा छौँ र मामिलालाई नजिकबाट हेरिरहनेछौँ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?