+
+
Shares

नुवाकोटमा त्रिशूली नदीमा हामफालेर एक व्यक्ति बेपत्ता, खोजीकार्य जारी  

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते १५:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नुवाकोटको त्रिशूली बजारस्थित नयाँ पुलबाट बिदुर नगरपालिका-१० गेर्खुका अन्दाजी ३५ वर्षीय श्यामबहादुर मग्राती बिहीबार दिउँसो त्रिशूली नदीमा हामफालेर बेपत्ता भएका छन् ।
  • घटनाको जानकारी पाएलगत्तै उद्धारका लागि प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
  • बेपत्ता व्यक्तिको खोजी कार्य जारी राख्दै प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।

३२ असार, काठमाडौं । नुवाकोटको त्रिशूली बजार नजिक नयाँ पुलबाट एक व्यक्ति त्रिशूली नदीमा हामफालेका छन् ।

नुवाकोट प्रहरीका अनुसार बिहीबार दिउँसो १:१० बजेको समयमा नयाँ पुलबाट बिदुर नगरपालिका-१० गेर्खुका अन्दाजी ३५ वर्षीय श्यामबहादुर मग्राती हामफालेर बेपत्ता भएका हुन् ।

घटनाबारे जानकारी पाउने बित्तिकै उद्धारका लागि घटनास्थलतर्फ प्रहरी र सशस्त्र प्रहरीको टोली खटिसकेको नुवाकोट प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?