+
+
Shares

एमालेका पूर्वसांसद कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते १६:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
  • न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले १९ असारको कैदी पुर्जी कानूनसम्मत नरहेको भन्दै उक्त आदेश दिएको हो ।
  • थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले कोइरीलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो ।

३२ असार, जनकपुरधाम । बन्दी प्रत्यक्षकरण रिटको सुनवाइमा सर्वोच्च अदालतले नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई कारागार मुक्त गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

थमनविक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले उनलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो । सुनवाइको भोलिपल्टै कोइरीलाई पक्राउ गरी जलेश्वर कारागार चलान गरिएको थियो।

गत १९ असारको कैदी पुर्जी कानुन सम्वत नरहेकोले उनलाई थुनामुक्त गर्न आदेशमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?