News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले नेपालमा हाइड्रोजनमा आधारित सवारीसाधन सञ्चालनका लागि नीतिगत, कानुनी र प्राविधिक आधार तयार पार्न सरोकारवालासँग सुझाव संकलन सुरु गरेको छ ।
- पूर्वाधार विकास मन्त्रालयले हाइड्रोजन प्रविधिको सुरक्षा मापदण्ड, इन्धन भर्ने पूर्वाधार, जनशक्ति विकास र सवारी रूपान्तरणको सम्भावनाबारे सार्वजनिक सूचनामार्फत सुझाव माग गरेको छ ।
- यो पहल नेपालमा हाइड्रोजन ऊर्जाको सुरक्षित, दिगो तथा प्रभावकारी प्रयोग सुनिश्चित गर्ने र अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासलाई आत्मसाथ गर्ने उद्देश्यले थालिएको मन्त्रालयले जनाएको छ ।
३२ असार, काठमाडौं । सरकारले नेपालमा हाइड्रोजनमा आधारित सवारीसाधन सञ्चालनबारे सरोकारवालाबाट सुझाव संकलन थालेको छ ।
पूर्वाधार विकास मन्त्रालयले सूचना प्रकाशित गर्दै अन्तर्राष्ट्रिय उत्ृकष्ट अभ्यास, नियामक व्यवस्था, सुरक्षा मापदण्ड तथा दिशानिर्देश, हाइड्रोजन प्रविधिमा रूपान्तरणको सम्भावना र आवश्यक जनशक्ति विकासबारे सुझाव मागेको हो ।
मन्त्रालयका अनुसार नेपालमा हाइड्रोजनमा आधारित सवारीसाधनको सुरक्षित, दिगो तथा प्रभावकारी विकास, सञ्चालन र नियमनका लागि नीतिगत, कानुनी र प्राविधिक आधार तयार पार्न यस्तो सुझाव संकलन थालिएको हो ।
मन्त्रालयले हाइड्रोजनमा आाधारित सवारीसाधन सम्बन्धी अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास तथा सिकाइबारे सुझाव दिन भनेको छ । नीतिगत, कानुनी तथा नियामक सम्बन्धी सुझाव र उत्पादन, भण्डारण, ढुवानी, वितरण, इन्धन भर्ने पूर्वाधार तथा सवारी सञ्चालनसँग सम्बन्धित सुरक्षा मापदण्ड र दिशानिर्देशबारे समेत सुझाव मागिएको छ ।
आईसीई तथा अन्य सवारीसाधनलाई हाइड्रोजन प्रविधिमा रूपान्तरण गर्ने सम्भावना, प्रविधिगत आवश्यकता, लागत, सुरक्षा र नियामकीय पक्षमा समेत सुझाव संकलन थालिएको छ ।
प्राविधिक जनशक्ति, नियामक निकाय, उद्धार तथा आपतकालीन सेवा सहित आवश्यक क्षमता अभिवृद्धि तथा जनशक्ति विकासका सुझाव माग गरिएको छ ।
प्रतिक्रिया 4