News Summary
Generated by OK AI. Editorially reviewed.- होन्डा नेपालले काठमाडौंको त्रिपुरेश्वरमा पहिलो अत्याधुनिक थ्री एस शोरुम सञ्चालनमा ल्याएको छ।
- स्याकार ट्रेडिङका सर्भिस जनरल म्यानेजर सीताराम न्यौपानले ग्राहकलाई बिक्री, सेवा र स्पेयर पार्ट्स एकै छानामुनि उपलब्ध गराउने बताए।
- शोरुमले दैनिक १५० वटा मोटरसाइकल सर्भिस गर्ने क्षमता राखेको छ र ग्राहकलाई पारदर्शी सेवा दिने व्यवस्था गरिएको छ।
११ वैशाख, काठमाडौं । होन्डा नेपालले नेपालमा पहिलो अत्याधुनिक प्रविधियुक्त नयाँ ‘थ्री एस शोरुम’ सञ्चालनमा ल्याएको छ ।
नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङले शुक्रबारदेखि त्रिपुरेश्वरमा नयाँ थ्री एस (सेल्स, सर्भिस, स्पेयर पार्टस्) शोरुम सञ्चालनमा ल्याएको हो ।
ग्राहकलाई एकै छानामुनि बिक्री, सेवा तथा जेनुइन स्पेयर पार्ट्स सुविधा उपलब्ध गराउने उद्देश्यले नयाँ शोरुम सञ्चालनमा ल्याएको स्याकार ट्रेडिङका सर्भिस जनरल म्यानेजर सीताराम न्यौपानले जानकारी दिए ।

‘होन्डाले बिक्रीका लागि मात्रै ध्यान दिँदैन, बिक्रीपछिको सेवालाई प्राथमिकता दिन्छ, आफ्ना ग्राहकलाई राम्रो सेवा कसरी पुर्याउने भन्ने क्रममा अहिले विश्वव्यापी रूपमा होन्डाले एउटा अवधारणा विकास गरेको छ,’ उनले भने, ‘हाम्रो सेवा पारदर्शी हुनुपर्छ, ग्राहकमैत्री हुनुपर्छ, छिटो छरितो हुनुपर्छ, त्यसका लागि हामीले अहिले नयाँ अवधारणामा यो शोरुम सुरुवात गरेका हौं ।’

शोरुमको मुख्य विशेषता भनेको यहाँ आउने ग्राहकले सर्भिस सेन्टर पनि सहजै देखिने गरी पारदर्शी र सफा, छिटोछरितो हुनुपर्छ भन्ने मान्यतासाथ अघि बढेको उनको भनाइ छ ।
होन्डाले नेपालका ६ ठाउँमा राख्ने उद्देश्य सहित सुरुवातमा काठमाडौंमा स्थापना यस्तो शोरुम सुरुवात गरेको हो ।
वर्कसपको क्षमता दैनिक १ सय ५० वटा मोटरसाइकल सर्भिस गर्न सक्ने खालको छ । ग्राहकलाई विश्वस्तरीय सेवा प्रदान गर्न अत्याधुनिक खालको शोरुम स्थापना गरिएको न्यौपानेको भनाइ छ ।
सर्भिस लिन आउने ग्राहकका लागि चिया, कफी लगायत समेत व्यवस्था गरिएको छ । वर्कसप पारदर्शी बनाइएकाले ग्राहकले आफ्नो मोटरसाइकल मर्मत भइरहेको प्रत्यक्ष हेर्न पाउँछन् ।

होन्डा चर्चित जापानी मोटरसाइकल तथा स्कुटर ब्रान्ड हो । नयाँ शोरुम उद्घाटनमामा होन्डा मोटर कम्पनीका उपाध्यक्ष तथा एसिया तथा ओसिनिया क्षेत्रीय इकाई प्रमुख एवं एसोसिएटेड रिजन अपरेसन्स प्रमुख तोसिओ कुवाहारा, होन्डा मोटरसाइकल बिजनेस युनिट अन्तर्गत सेल्स डिभिजन, सेल्स डिपार्टमेन्ट–२ का विभागीय प्रबन्धक योशिकी कामिओ र मोटरसाइकल बिजनेस युनिट अन्तर्गत सेल्स डिभिजन, सेल्स डिपार्टमेन्ट–२ अन्तर्गतकै प्रतिनिधि पीआइसी कोजिरो कामिया नेपाल आएका थिए । उनीहरूले संयुक्त रूपमा शोरुम उद्घाटन गरे ।



तस्वीर/भिडियाे : शंकर गिरी
प्रतिक्रिया 4