+
+
Shares

सिपी गजुरेलको आरोप– सरकार फाँसीवादी शैलीमा चल्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते २०:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव सिपी गजुरेलले सरकारले फाँसीवादी शैलीमा काम गरिरहेको आरोप लगाएका छन्।
  • गजुरेलले सुकुमवासी बस्तीमा डोजर चलाउने र विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णयलाई फाँसीवादको प्रयोग भनेका छन्।
  • उनले सरकार नेपाली जनताको हितमा नभएको र संकटबाट जोगाउन क्रान्तिकारी, देशभक्त शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताए।

११ वैशाख, काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महासचिव नेता सिपी गजुरेलले वर्तमान सरकारले फाँसीवादी शैलीमा चलिरहेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारको गतिविधि फाँसीवादी शैलिमा अघि बढिरहेको जिकिर गरेका हुन् ।

महासचिव गजुरेलले सरकारले सुकुमवासी बस्तीमा डोजर चलाउने कुरा, विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने कुरा पञ्चायती व्यवस्थामापनि नभएको भन्दै आपत्ति जनाए ।

‘परिस्थिति बदलिएको छ । अब अहिले नेपालको नै कुरा गर्ने  हो भने फाँसीवाद लागू गर्दै गइराखेको छ । आजै सरकार बनेको एक महिना पुगेको छैन सुकुमवासीलाई त्यहाँबाट हटाउनको निम्ति डोजर लगाउने भनेर आज सुनियो । अब यो त फाँसीवादको प्रयोग गर्ने हो नि । अब विद्यार्थीहरुले संगठन खोल्न हुँदैन भनेर निर्णय गर्नु भनेको त फाँसीवाद हो नि,’ उनले भनेका छन् ।

उनले सरकार नेपाली जनताको हितमा नभएको पनि बताए ।

‘निर्दलीय व्यवस्थामा पनि विद्यार्थीहरूले चुनाव पनि लडन पाउँथे, अरु अधिकार पनि पाउँथे । यसले त पञ्चायतले जति अधिकार पनि दिएन,’ उनले भने ।

महासचिव गजुरेलले मुलुकलाई संकटबाट जोगाउन सबै क्रान्तिकारी, देशभक्त शक्तिहरूबीच सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?