News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको कपनस्थित भृकुटी चोकमा गएराति मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।
- दुर्घटनामा गम्भीर घाइते भएका मृतकको हालसम्म सनाखत हुन सकेको छैन र प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा भएका १४ वटा सवारी दुर्घटनामा १६ जना सामान्य घाइते भएका छन् ।
१ साउन, काठमाडौं । काठमाडौंको कपनमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
गएराति करिब १२ बजे भृकुटी चोक नजिक मोटरसाइकल र स्कुटर ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन बाँकी छ भने दुर्घटनाको विस्तृत विवरण पनि खुल्न सकेको छैन ।
प्रहरीका अनुसार गत २४ घण्टामा काठमाडौं उपत्यकामा १४ वटा दुर्घटना भएका थिए । तीमध्ये १६ जना सामान्य घाइते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4