News Summary
Generated by OK AI. Editorially reviewed.- शुक्रबारदेखि नेपाली फिल्म ‘गौंथली’ र हलिउडको बहुप्रतीक्षित फिल्म ‘द ओडिसी’ नेपालभरका हलहरूमा प्रदर्शनमा आएका छन्।
- कपिल रिजाल निर्देशित सोसल ड्रामा ‘गौंथली’ शिक्षाको धोको बोकेकी एक किशोरीको संघर्षपूर्ण कथामा आधारित रहेको छ।
- क्रिस्टोफर नोलन निर्देशित हलिउड फिल्म ‘द ओडिसी’ ग्रीक पौराणिक कथावस्तुमा आधारित एक्सन-एड्भेन्चर फिल्म हो जसले नेपालमा एडल्ट सर्टिफिकेट प्राप्त गरेको छ।
काठमाडौं । शुक्रबारदेखि नेपाली फिल्म ‘गौंथली’ र हलिउडको बहुप्रतीक्षित ‘द ओडिसी’ प्रदर्शनमा आएका छन् ।
कपिल रिजाल निर्देशित फिल्म ‘गौंथली’ सोसल ड्रामा जनरामा आधारित छ । १४० मिनेट रनटाइमको यो फिल्ममा सिम्रन खड्का, अरुण क्षेत्रीको शीर्ष भूमिका छ ।
पढ्ने धोको बोकेकी किशोरीलाई सानैमा विवाह गराइदिएपछि उनले आफ्नो धोको पूरा गर्न खोज्ने संघर्षको कथामा यो फिल्म आधारित छ । शैक्षिक कथावस्तुमा यो फिल्म बनेको छ ।
हलमा आजदेखि हलिउडको बहुप्रतीक्षित फिल्म ‘द ओडिसी’ प्रदर्शनमा आएको छ । क्रिस्टोफर नोलन निर्देशित यो फिल्मले नेपालमा एडल्ट सर्टिफिकेट प्राप्त गरेको छ ।
एक्सन-एड्भेन्चर जनरामा राखिएको यो फिल्मको रनटाइम १७२ मिनेट छ । म्याट डेमन, टम हल्यान्ड, एना हाथवे, रोबर्ट प्याटिन्सनको शीर्ष भूमिका रहेको यो फिल्म ग्रीकको पौराणिक कथावस्तुमा आधारित छ ।
ट्रोजन युद्धपछि, ओडिसियसले आफ्नो राज्य इथाकातर्फ फर्किने क्रममा जोखिमपूर्ण यात्राको सामना गर्छन् । यात्राका क्रममा उनको भेट साइक्लोप्स पोलिफेमस, साइरन्स र सर्सीजस्ता रहस्यमय प्राणीहरूसँग हुन्छ । त्यसपछि द्वन्द्व हुन्छ ।
प्रतिक्रिया 4