+
+
Shares

पश्चिम बंगालको मुर्शिदाबादमा ट्रेन र स्कुल भ्यान ठोक्किँदा तीन जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १ गते १३:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पश्चिम बंगालको मुर्शिदाबादमा प्यासेन्जर ट्रेन र स्कुल भ्यान ठोक्किँदा दुई जना स्कुले बच्चा र एक वृद्ध गरी तीन जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा गम्भीर घाइते भएका तीन बालबालिका र भ्यान चालकलाई उपचारका लागि मुर्शिदाबाद मेडिकल कलेजको आईसीयूमा भर्ना गरिएको छ।
  • बिहान ६ बजेर ४१ मिनेटमा कटवा-अजिमगञ्ज खण्डको लेभल क्रसिङमा टाटा सुमो स्कुल भ्यान र एउटा साइकललाई रेलले ठक्कर दिएको हो।

पश्चिम बंगालको मुर्शिदाबादमा एउटा प्यासेन्जर ट्रेन र स्कुल भ्यान एकापसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ ।

ज्यान गुमाउनेमा भ्यानमा सवार दुई जना स्कुले बच्चा र एक जना साइकल चालक वृद्ध रहेका छन्। यो घटना बिहान करिब ६ बजेर ४१ मिनेटमा कटवा-अजिमगञ्ज सेक्सनको लेभल क्रसिङ मा भएको थियो ।

रोयल एकेडेमी स्कुल गइरहेका बच्चाहरू बोकेको टाटा सुमो स्कुल भ्यान र एउटा साइकललाई ट्रेन नम्बर ५३०५४ निमटीटा-कटवा प्यासेन्जरले ठक्कर दिएको थियो।

दुर्घटनामा घाइते भएका तीन जना बच्चा र टाटा सुमोका ड्राइभरलाई मुर्शिदाबाद मेडिकल कलेज र अस्पतालको आईसीयूमा भर्ना गरिएको छ। अन्य घाइते बच्चाहरूको पनि अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?