+
+
Shares

अरुण तेस्रोले बनाएको प्रसारण लाइनबाट पनि विद्युत् आयात-निर्यात गरिने

ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता शालिग्राम भण्डारीले ‘ह्विलिङ चार्ज’ तिरेर अरुण तेस्रोको प्रसारण लाइन समेत प्रयोग गर्न सकिने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १ गते १४:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल र भारतबीच ढल्केबर–सीतामढी ४०० केभी प्रसारण लाइनबाट हुने विद्युत् आयात र निर्यातको क्षमता वृद्धि गर्ने सहमति भएको छ ।
  • यो सहमतिअनुसार विद्युत् आयात क्षमता १ हजार ४ सय मेगावाट र निर्यात क्षमता १ हजार ६ सय ५० मेगावाट पुर्‍याइने भएको छ ।
  • सहायक प्रवक्ता शालिग्राम भण्डारीले ह्विलिङ चार्जको प्रावधानमार्फत अरुण तेस्रोको प्रसारण लाइन प्रयोग गर्न सकिने र मन्त्रालयले त्यसको गाइडलाइन बनाइरहेको बताए ।

१ साउन, काठमाडौं । ढल्केबर–सीतामढी ४०० केभी प्रसारण लाइनबाट प्रवाह हुने विद्युत् क्षमता बढाउन नेपाल र भारत सरकारबीच सहमति भएको छ ।

पोखरामा ३१ असारमा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १३औं बैठकले उक्त सहमति गरेको हो ।

संयुक्त प्राविधिक टोली (जेटीटी) ले गरेको अध्ययन अनुसार ढल्केबर–मुजफ्फरपुर र ढल्केबर–सीतामढी ४०० केभी प्रसारण लाइनबाट हुने संयुक्त विद्युत् प्रवाह क्षमता आयाततर्फ १ हजार मेगावाटबाट १ हजार ४ सय मेगावाट र निर्याततर्फ १ हजार १ सय मेगावाटबाट १ हजार ६ सय ५० मेगावाट पुर्‍याउने सहमति भएको हो ।

९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजना भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् विकास निगम (एसजेभीएन) ले निर्माण गरिरहेको छ ।

परियोजनाको विद्युत् भारत पुर्‍याउन कम्पनीले अन्तरदेशीय परियोजना निर्माण गरिरहेको र प्रसारण लाइन नेपालबाट समेत निर्माणाधीन अवस्थामा छ ।

दुई देशका सरकारबीच सहमति भए पनि अरुणले निर्माण गरिरहेको उक्त प्रसारण लाइनबाट विद्युत् प्रवाह हुने विषयमा भने दुविधा उत्पन्न भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहायक प्रवक्ता शालिग्राम भण्डारीले ‘ह्विलिङ चार्ज’ तिरेर अरुण तेस्रोको प्रसारण लाइन समेत प्रयोग गर्न सकिने बताए ।

ह्विलिङ चार्ज प्रावधान आएपछि उक्त प्रसारण लाइन प्रयोग गर्न सकिने उनको भनाइ छ । त्यसका लागि मन्त्रालयले गाइडलाइन बनाउने काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?