+

यू-१९ महिला प्रिमियर कप : नेपाल यूएईसँग सुपर ओभरमा पराजित

२०८३ साउन  १ गते १५:२५ २०८३ साउन १ गते १५:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला यू-१९ क्रिकेट टोली एसीसी यू-१९ महिला प्रिमियर कपको सेमिफाइनलमा सुपर ओभरमा यूएईसँग पराजित भएको छ।
  • निर्धारित २० ओभरको खेल १०० रनमा बराबरी भएपछि खेलको निर्णय सुपर ओभरबाट लिइएको थियो।
  • फाइनलमा यूएईले थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ भने नेपालले तेस्रो स्थानका लागि भोलि इन्डोनेसियासँग खेल्नेछ।

१ साउन, काठमाडौं । नेपाली महिला यू-१९ क्रिकेट टोली एसीसी यू–१९ महिला प्रिमियर कपको सेमिफाइनलमा यूएईसँग पराजित भएको छ ।

शुक्रबार भएको सेमिफाइनलमा नेपाल यूएईसँग सुपर ओभरमा पराजित भएको हो । सुपर ओभरमा नेपालले ६ रन मात्र बनाउँदा यूएईले ३ बलमै लक्ष्य पूरा गर्‍यो ।

त्यसअघि निर्धारित २० ओभरको खेलमा दुवै टोलीले १०० रन बनाएपछि बराबरी भएर खेल सुपर ओभरमा धकेलिएको थियो ।

यूएईले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १०० रनमा अलआउट भएको थियो । अनु कडायतले सर्वाधिक २० रन बनाइन् भने सना प्रवीण र अलिशा यादवले समान १७ रन बनाए ।

यूएईका लागि वैष्णवी महेशले ३ विकेट लिइन् भने साइ निखिलले २ तथा मेहक ठाकुर र जननी थिरुकुमारनले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले १९.५ ओभरमा अलआउट हुँदै १०० रन बनाएको थियो । मेहुल कुलकर्नीले सर्वाधिक ३० रन बनाइन् भने लावन्या केनीले २५, नेहा कुमारीले अविजित १९ रन बनाइन् ।

नेपालका लागि रिया शर्मा र अनु कडायतले ३-३ विकेट लिँदा तिर्सना बिकले २ अनि मनिषा उपाध्यायले १ विकेट लिए ।

यूएईले अब उपाधिका लागि थाइल्यान्डसँग खेल्नेछ । नेपालले तेस्रो स्थानका लागि इन्डोनेसियासँग खेल्नेछ । दुवै खेल भोलि हुनेछन् ।

नेपाल यसअघि नै एसिया कपमा भने छनोट भइसकेको छ ।

एसीसी यू-१९ महिला प्रिमियर कप नेपाली यू-१९ महिला क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय