+
+
Shares

जनकपुरमा मिटरब्याजीलाई कारबाहीको माग गर्दै प्रदर्शन

पक्राउ परेकाहरूले लामो समयदेखि मिटरब्याजको धन्दा चलाएर दर्जनौंको धनसम्पत्ति बेइमानीपूर्वक हत्याएको र शोषण गरेको उनीहरूको आरोप छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १ गते १५:३१

१ साउन, जनकपुरधाम । जनकपुरमा पक्राउ परेका मिटरब्याजीलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको छ । बिहीबार मिटरब्याजीको आरोपमा जनकपुरधाम उपमहानगरपालिका–१६ बस्ने हरेराम साह, उनकी आमा रेखाकुमारी साह र काका गोपाल साहलाई धनुषा प्रहरी पक्राउ गरेको थियो ।

उनीहरूमाथि कडा कारबाही हुनुपर्ने, छाड्न नपाइने भन्दै मिटरब्याज पीडितहरूले प्रदर्शन गरेका हुन् ।

मिटरब्याज पीडितहरुले जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला अदालत धनुषा अगाडि प्रदर्शन गरेका छन् ।

पक्राउ परेकाहरूले लामो समयदेखि मिटरब्याजको धन्दा चलाएर दर्जनौंको धनसम्पत्ति बेइमानीपूर्वक हत्याएको र शोषण गरेको उनीहरूको आरोप छ ।

अन्य मिटरब्याजीहरूलाई कारबाही गर्नुपर्ने र पीडितहरूले न्याय प्रदर्शनकारीको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?