+
+
Shares

आयो शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १ गते १२:३७

काठमाडौं । हिन्दू नारीहरूको महान् चाड तीज आउन करिब २ महिना बाँकी छ । तीज गीत रेकर्ड गर्ने र बजारमा ल्याउने क्रम चलिरहेको छ । यसै क्रममा लोकप्रिय गायिका शान्तिश्री परियारको स्वरमा रहेको तीज गीत ‘केटी पार्टी’ सार्वजनिक गरिएको छ ।

मनिष श्रेष्ठको शब्द ,संगीत रहेको गीतलाई आकाश नेपालीले एरेन्ज, मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । ‘केटी पार्टी’ को म्युजिक भिडियोमा बिमला भण्डारी, सरिता थापा, कोइली थापा, शारदा श्रेष्ठ र नूतन अधिकारीको नृत्य तथा अभिनय रहेको छ ।

पवन सुस्लिङको छायांकन र सम्पादन रहेको छ । भिडियोको निर्देशक कलाकार मनिष श्रेष्ठले गरेका हुन् । भिडियो मनिष श्रेष्ठको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?