+

एन्टी–डोपिङ संहिता उल्लंघन गरेपछि पाकिस्तानका अलराउन्डर नवाज निलम्बनमा

२०८३ साउन  १ गते १६:५३ २०८३ साउन १ गते १६:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसीले एन्टी–डोपिङ संहिता उल्लंघन गरेको ठहर गर्दै पाकिस्तानी अलराउन्डर मोहम्मद नवाजलाई तीन महिनाको निलम्बन सजाय सुनाएको छ ।
  • नवाजले प्रतिबन्धित पदार्थ सेवन गरेको स्वीकार गरेपछि उनलाई तोकिएको उपचार कार्यक्रम पूरा गरेमा निलम्बन अवधि एक महिनामा सीमित हुने व्यवस्था गरिएको छ ।
  • सन् २०२६ को टी–२० विश्वकपअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलपछि नवाजले खेलेका सबै खेलका व्यक्तिगत प्रदर्शन आईसीसीले रद्द गरिदिएको छ ।

१ साउन, काठमाडौं । पाकिस्तानका अलराउन्डर मोहम्मद नवाजलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एन्टी–डोपिङ संहिता उल्लंघन गरेको ठहर गर्दै कारबाही गरिएको छ ।

३२ वर्षीय नवाजले सन् २०२६ को टी–२० विश्वकपका क्रममा नेदरल्यान्ड्सविरुद्ध श्रीलंकाको कोलम्बोमा भएको खेलपछि गरिएको डोपिङ परीक्षणमा ‘कार्बोक्सी–टीएचसी’ नामक प्रतिबन्धित पदार्थका लागि पोजेटिभ नतिजा दिएका थिए । यो पदार्थ आईसीसीको एन्टी–डोपिङ संहिताअन्तर्गत ‘सब्स्ट्यान्स अफ एब्युज’ को सूचीमा पर्छ ।

नवाजले आफ्नो गल्ती स्वीकार गरेका छन् । उनले उक्त पदार्थ खेल प्रदर्शन सुधारका लागि नभई प्रतियोगिताबाहिर प्रयोग गरिएको पुष्टि गरेपछि आईसीसीले उनलाई तीन महिनाको निलम्बन सजाय सुनाएको हो ।

यो सजाय उनले १ मे २०२६ देखि स्वेच्छिक अस्थायी निलम्बन सुरु गरेको मितिबाट लागू हुने गरी गणना गरिएको छ । साथै, आईसीसीले तोकेको ‘सब्स्ट्यान्स अफ एब्युज’ उपचार कार्यक्रम पूरा गरेमा अयोग्यताको अवधि एक महिनामा सीमित गरिने जनाएको छ ।

नवाजले हालसम्म दुई महिना १५ दिन निलम्बन अवधि पूरा गरिसकेकाले उपचार कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेमा थप अयोग्यता भोग्नुपर्ने छैन ।

आईसीसीका अनुसार ७ फेब्रुअरीमा नेदरल्यान्ड्सविरुद्ध खेलेको खेलदेखि १ मे २०२६ सम्म नवाजले खेलेका सबै खेलका व्यक्तिगत प्रदर्शन भने रद्द गरिएको छ ।

मोहम्मद नवाज

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय