+
+
Shares

गोली हानेर समातिएका व्यक्तिबाट २४ हजार क्याप्सुल लागुऔषध बरामद

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका एसएसपी सुवासचन्द्र बोहोराका अनुसार पक्राउ परेकाहरुबाट लागुऔषध टेपेन्डाडोल २४ हजार ७ सय क्याम्सुल बरामद भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते १७:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौंको कुलेश्वर र टेकु क्षेत्रबाट २४ हजार ७ सय क्याप्सुल टेपेन्डाडोलसहित तीन जनालाई पक्राउ गरेको छ।
  • प्रहरीले भारतीय नागरिक राज सोनीसहित निखिल सोनी र शोफिया मगरलाई पक्राउ गरेको र आत्मरक्षाका लागि गोली चलाउनुपरेको एसएसपी सुवासचन्द्र बोहोराले जानकारी दिए ।
  • भारतबाट अवैध लागुऔषध ल्याएर राजधानीमा बिक्री गर्न खोज्ने क्रममा प्रहरी टोलीमाथि आक्रमण गर्न खोजेपछि नियन्त्रणका लागि हवाई फायर गरी गोली चलाइएको प्रहरीले जनाएको छ।

३ साउन, काठमाडौं । गोली हानेर समातिएका व्यक्तिबाट २४ हजार ७ सय क्याप्सुल लागुऔषध बरामद भएको छ ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका एसएसपी सुवासचन्द्र बोहोराका अनुसार पक्राउ परेकाहरुबाट लागुऔषध टेपेन्डाडोल २४ हजार ७ सय क्याम्सुल बरामद भएको हो ।

कुलेश्वर र टेकुको पुल नजिकबाट प्रहरीले गोली हानेर सुरुमा दुई जना र पछि एक जना गरी तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा भारतीय नागरिक २५ वर्षीय राज सोनी, बाँकेको नेपालगञ्जका १९ वर्षीय निखिल सोनी र सुर्खेतको पन्चपुरीका १९ वर्षीय शोफिया मगर पक्राउ गरेका छन् ।

भारतबाट लागुऔषध ल्याएर काठमाडौंमा बिक्रि वितरण गर्न लागेको भन्ने सूचनाका आधारमा ब्युरोको टोली खटिएको थियो । नियन्त्रणमा लिने क्रममा प्रहरीलाई आक्रमण गर्न खोज्पछि गोली चलाइएको प्रहरीको भनाइ छ ।

सुरुमा हवाई फायर गरिएको थियो । त्यसपछि प्रहरीले भारतीय नागरिकको दुबै खुट्टाको घुँडामुनि गोली हानेर पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?