News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रियसभा सदस्यहरूले काठमाडौं–तराई द्रुतमार्ग निर्माण कार्य निकै सुस्त भएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।
- सदस्य रञ्जित कर्णले आयोजनाको काम हेर्दा तोकिएको चार वर्षमा पनि सम्पन्न हुने कुनै आधार नदेखिएको बताएका छन् ।
- युवराज शर्माले राष्ट्रिय गौरवको आयोजनामा देखिएका समस्या समाधान गर्न र बजेट व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने सुझाव दिएका छन् ।
४ असार, काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणमा भएको ढिलाइप्रति राष्ट्रियसभा सदस्यहरूले असन्तुष्टि जनाएका छन् ।
सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा मधेश र बागमती प्रदेश अन्तर्गतका जिल्लाहरूमा गरिएको अनुगमनको समीक्षा गर्दै उनीहरूले काठमाडौं तराई द्रुतमार्ग निर्माणको कार्य निकै सुस्त भएको र अवको चार बर्षमा पनि निर्माण सम्पन्न नहुने जनाएका हुन् ।
बैठकमा राष्ट्रियसभा सदस्य रञ्जित कर्णले लामो वर्ष बितिसक्दा र राष्ट्रिय गौरवको आयोजना भएपनि द्रुतमार्ग कहिले बन्छ भन्ने कुरा अझै टुंगो लाग्न नसकेको बताए ।
४ वर्षभित्र सम्पन्न हुने बताए पनि निर्माण स्थलको अनुगमन र प्राविधिकहरूसँगको छलफलपछि ४ वर्षभित्र पनि सकिने लक्षण नदेखिएको उनको भनाइ छ ।
त्यस्तै राष्ट्रियसभा सदस्य युवराज शर्माले द्रुतमार्ग निर्माणका क्रममा देखिएको समस्या समयमा नै समाधान गर्न नसक्दा ढिलाई भएको बताए । उनले राष्ट्रिय गौरवको आयोजना निर्माणमा भएको ढिलाई र बजेट व्यवस्थापनका बारेमा सरकार गम्भीर हुनुपर्ने सुझाव दिए ।
समितिले केहि समय अघि काठमाडौँ–तराई/मधेस द्रुतमार्ग, नागढुङ्गा सुरुङमार्ग, राष्ट्रपति चुरे तराई–मधेस संरक्षण कार्यक्रम लगाएतको स्थलगत अनुगमन गरेको थियो ।
आगामी बैठकमा अनुगमन प्रतिवेदनमाथि विस्तृत छलफल हुने समिति सभापति पुजा चौधरीले जानकारी दिइन् ।
प्रतिक्रिया 4