News Summary
Generated by OK AI. Editorially reviewed.- सल्यानका दुई छुट्टाछुट्टै सामुदायिक वन क्षेत्रबाट प्रहरीले बेवारिसे अवस्थामा छ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ ।
- गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वनगाड कुपिण्डे र छत्रेश्वरी गाउँपालिकाका वन क्षेत्रबाट उक्त हतियार फेला पारेको हो ।
- बरामद गरिएका भरुवा बन्दुक कसले र के प्रयोजनका लागि लुकाएका थिए भन्नेबारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक देवराज भट्टराईले बताए ।
४ साउन, दाङ । जिल्ला प्रहरी कार्यालय सल्यानले बेवारिसे अवस्थामा लुकाइछिपाइ राखेको अवस्थामा छनाल अवैध भरुवा बन्दुक फेला परेको छ ।
सल्यान प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार जिल्लाको वनगाड कुपिण्डे नगरपालिका–१२ स्थित भदाले सामुदायिक वनमा चार र छत्रेश्वरी गाउँपालिका–१ स्थित जुगेखोला सामुदायिक वनबाट दुई थान भरुवा बन्दुक फेला पारी बरामद गरिएको हो ।
ती दुवै ‘सामुदायिक वनमा बेवारिसे अवस्थामा अवैध बन्दुक छन्’ भन्ने गोप्य सूचनाका आधारमा यस कार्यालय र इलाका प्रहरी कार्यालय दमाचौर सल्यानबाट खटिएको प्रहरी टोलीले वनमा खोजतलास गर्दा छ वटा भरुवा बन्दुक फेला पारी बरामद गरेको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए ।
बरामद भएका बन्दुक कसले र कुन प्रयोजनका लागि त्यहाँ लुकाइ राखेका हुन् भन्नेबारेमा अनुसन्धान भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4