+
+
Shares

सल्यान प्रहरी: एक महिनामा १६ फरार प्रतिवादी पक्राउ

अमृत बाबु बुढाथोकी अमृत बाबु बुढाथोकी
२०८२ चैत ३ गते १२:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला प्रहरी कार्यालय सल्यानले फागुन महिनामा फरार १६ प्रतिवादी पक्राउ गरेको छ।
  • फागुन महिनामा १५ नयाँ मुद्दा दर्ता र २२ मुद्दा फर्छ्यौट गरिएको छ।
  • साइबर अपराध र आत्महत्या न्यूनीकरणका लागि ४८ सचेतनामूलक कार्यक्रम सञ्चालन भएका छन्।

३ चैत, सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले एक महिनाको अवधिमा विभिन्न मुद्दाका फरार १६ प्रतिवादी पक्राउ गरेको छ । फागुन महिनामा फैसला कार्यान्वयनका लागि उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्णबहादुर केसीले यस अवधिमा जिल्लाका विभिन्न स्थानबाट बेवारिसे अवस्थाका १६ नाल भरुवा बन्दुकसमेत बरामद गरिएको जानकारी दिए ।

उनका अनुसार अपराध अनुसन्धानतर्फ फागुन महिनामा १५ वटा नयाँ मुद्दा दर्ता भएका छन् भने पुराना र नयाँ गरी २२ वटा मुद्दा फर्छ्यौट गरिएको छ ।

सवारी दुर्घटना न्यूनीकरणका लागि गरिएको सक्रियताका क्रममा फागुन महिनामा २४१ वटा सवारीसाधनलाई कारबाही गरिएको छ । उक्त कारबाहीबाट २ लाख १२ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।

साथै, प्राकृतिक स्रोतको अवैध दोहन रोक्ने क्रममा बालुवा लोड गरिएको एक ट्याक्टर नियन्त्रणमा लिएर कारबाही गरिएको पनि जानकारी दिइएको छ । प्रहरीका अनुसार सामुदायिक सचेतनालाई पनि उत्तिकै प्राथमिकता दिइएको छ ।

जिल्लाभर आत्महत्या न्यूनीकरण, बालविवाह, लागूऔषध तथा साइबर अपराध विरुद्ध ४८ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको र ती कार्यक्रममा करिब २ हजार १ सय ४१ नागरिकको सहभागिता रहेको तथ्याङ्क छ ।

नागरिक सुनुवाइका क्रममा स्थानीयले पछिल्लो समय बढ्दै गएको आत्महत्या र साइबर अपराधका चुनौतीलाई सम्बोधन गर्न माग गरेका छन् । शान्ति सुरक्षालाई थप मजबुत बनाउन नियमित गस्ती तथा सूचना संकलनलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
अमृत बाबु बुढाथोकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?