+
+
Shares

हुम्लामा बर्सेनि नुन अभाव, काेटा बढाइदिन माग

सरकारले ढुवानी सहुलियतमा दिने नुन पर्याप्त नभएपछि जिल्लास्थित सरोकारवाला बसेर थप १५ सय क्विन्टल नुन माग गरेका छन् ।

नरजन तामाङ नरजन तामाङ
२०८२ चैत ३ गते १४:५९

३ चैत, हुम्ला । हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका छन् । जिल्लाका ताँजाकोट, अदानचुली, सर्केगाड र चंखेली गाउँपालिकामा सीमित मात्रामा मात्रै सरकारको ढुवानी सहुलियतमा नुन पुग्ने गरेको र त्यो नुन वर्षभरि नपुग्ने गुनासो आएको छ ।

ती चार गाउँपालिकामा ३२ हजार ३३२ जनसंख्या छ । जहाँ वर्षमा एक पटकमात्रै नुन आपूर्ति हुने गरेको स्थानीयको गुनासो छ ।

जिल्ला सदरमुकाम सिमकोटमा मंगलबार सरोकारवाला निकाय, राजनीति दल, जनप्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाजसहितको सर्वपक्षीय बैठक बसेर जिल्लामा आपूर्ति भइरहेको नुन पर्याप्त नभएको निष्कर्ष निकालेको छ । बैठकले आउने वर्षका लागि थप एक हजार ५०० क्विन्टल नुन माग गर्ने निर्णय गरेको छ ।

यहाँ सहुलियतमा नुन वितरणको जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले हालसम्म सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकामा एक  हजार ५२९ क्विन्टल र नाम्खा गाउँपालिकामा ६३० क्विन्टल सहुलियत कोटाको नुन वितरण गर्दै आएको जनाएको छ ।

साल्ट ट्रेडिङ हुम्ला शाखाका प्रमुख राजबहादुर लामाले जनाएअनुसार सर्केगाड र चंखेली गाउँपालिकामा एक हजार ७९ क्विन्टल र अदानचुली गाउँपालिका र ताजाकोट गाउँपालिकामा एक हजार ७९ क्विन्टल नुनको कोटा छ ।

तर, त्यो नुन पर्याप्त नभएको गुनासो बारम्बार आउने गरेको शाखा प्रमुख लामाले बताए । अहिले नुन अभाव हुन थालेपछि थप नुनको माग भएको जानकारी दिए ।

लामाका अनुसार पहिले जिल्लाभर ४ हजार ३१९ क्विन्टल नुनको आपूर्ति भइरहेको थियो । नयाँ थप माग भएको मात्राले ६ हजार १३० क्विन्टल सहुलियतको नुन हुम्लालाई चाहिने देखिएको उनले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?