+
+
Shares

उच्च अदालत विराटनगरले गत आर्थिक वर्षमा गर्‍यो ५७ प्रतिशत मुद्दाको फैसला

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ४ गते १८:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उच्च अदालत विराटनगरले गत आर्थिक वर्ष ०८२/८३ मा दर्ता भएका कुल ७ हजार १ सय ५७ मुद्दामध्ये ५७ प्रतिशत अर्थात् ४ हजार ९९ मुद्दाको फैसला गरेको छ।
  • मुख्य न्यायाधीश राजन प्रसाद भट्टराईले जेनजी आन्दोलनका क्रममा मिसिल जल्दा १८ महिना नाघेका ८७ वटा मुद्दाको फैसला गर्न ढिलाइ भएको जानकारी दिनुभयो।
  • आन्दोलनका क्रममा जलेका करिब ७० हजार अभिलेखमध्ये १ हजार ६ सय मुद्दाको पुन: मिसिल खडा गरिएको छ भने ४७ वटा मुद्दाका मिसिल अझै प्राप्त हुन सकेका छैनन्।

४ साउन, काठमाडौं । उच्च अदालत विराटनगरले गत आर्थिक वर्ष ०८२/८३ मा ५७ प्रतिशत मुद्दाहरूको फैसला गरेको छ ।

गत आर्थिक बर्ष पुरानो जिम्मेवारी सरेको र नयाँ मुद्दाहरू गरी ७ हजार १ सय ५७ वटा मुद्दा दर्ता भएकोमा ५७ प्रतिशत अर्थात ४ हजार ९९ वटा मुद्दाहरू फैसला गरेको उच्च अदालत विराटनगरले जनाएको छ ।

यसैगरी उच्च अदालत विराटनगरले आर्थिक वर्ष ०८२/८३ मा २ वर्षे मुद्दाहरू शून्यमा झारेको छ भने १८ महिना नाघेका मुद्दाहरू अझै ८७ वटा बाँकी रहेको जनाएको छ ।

विराटनगरमा आयोजित संचारकर्मीहरू संग अन्तक्रिर्या कार्यक्रममा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजन प्रसाद भट्टराईले गत भाद्रमा भएको जेनजी आन्दोलनका क्रममा धेरै मुद्दाका मिसिलहरू जलेका कारण १८ महिने मुद्दाहरू फैसला गर्न ढिलाइ भएको जानकारी दिए ।

कार्यक्रममा उच्च अदालत विराटनगरले गरेका फैसलाहरूको विवरण, व्यवस्थापकिय सुधार र अन्य कार्यक्रमहरू बारे जानकारी गराइएको थियो ।

जेनजी आन्दोलनका क्रममा चालू अवस्थामा रहेका मुद्दाहरू मध्ये ४७ वटा मुद्दाका मिसिलहरू अझै प्राप्त गर्न नसकेको उच्च अदालत विराटनगरले जनाएको छ ।

यसैगरी करिब ७० हजार मुद्दाहरूको अभिलेख जलेकोमा १ हजार ६ सय मुद्दाहरूको पुन: मिसिल खडा गरिएको जानकारी दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?