+
+
Shares

नार्ककाे रिक्त सदस्य पदमा मनोनयन आवेदन आह्वान

इच्छुकले सूचनामा तोकिएको अनलाइन लिंक वा क्यूआर कोडमार्फत १४ साउनसम्म आवेदन दिन सक्नेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ५ गते १३:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को रिक्त सदस्य पदमा मनोनयनका लागि इच्छुक व्यक्तिबाट आवेदन आह्वान गरेको छ।
  • योग्यता पुगेका व्यक्तिले मन्त्रालयको अनलाइन लिंक वा क्यूआर कोडमार्फत आगामी १४ साउनसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
  • रोस्टरमा सूचीकृत भएका योग्य व्यक्तिमध्येबाटै नार्कको रिक्त सदस्य पदमा मनोनयन प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ।

५ साउन, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को रिक्त सदस्य पदमा मनोनयनका लागि रोस्टर सूचीमा सूचीकृत हुन योग्य नेपालीबाट आवेदन आह्वान गरेको छ ।

मन्त्रालयका अनुसार योग्यता पुगेका इच्छुकले सूचनामा तोकिएको अनलाइन लिंक वा क्यूआर कोडमार्फत १४ साउनसम्म आवेदन दिन सक्नेछन् ।

यसरी रोस्टरमा सूचीकृत भएका योग्य व्यक्तिमध्येबाट नार्कको रिक्त सदस्य पदमा मनोनयन प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।

आवेदन सम्बन्धी विस्तृत जानकारी तथा प्रक्रिया मन्त्रालयको सूचनामा उल्लेख गरिएको अनलाइन फारम र क्यूआर कोडमार्फत प्राप्त गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?