+
+
Shares

दीपाश्री अस्पतालबाट डिस्चार्ज, भन्छिन्- ४० काटेपछि मस्तिष्कको अवस्था परीक्षण गर्नुहोला

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते १८:१४
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौला १८ दिनको उपचारपछि बिहीबार अन्नपूर्ण न्यूरो अस्पतालबाट डिस्चार्ज भएकी छन् ।
  • ब्रेन ट्यूमरको शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहेकी निरौलाले आफूलाई साथ दिने सम्पूर्ण शुभेच्छुक तथा स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेकी छन् ।
  • दीपकराज गिरीले ४० वर्ष उमेर पूरा भएपछि सबैलाई एकपटक अनिवार्य रूपमा मस्तिष्कको अवस्था परीक्षण गर्न दीपाश्रीको तर्फबाट अनुरोध गरेका छन् ।

काठमाडौं । अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौला अस्पतालबाट बिहीबार डिस्चार्ज भएकी छन् । ब्रेन ट्यूमरको शल्यक्रियापछि उनी माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा स्वास्थ्यलाभ गरिरहेकी थिइन् ।

उनी निकट फिल्मकर्मी दीपकराज गिरीले अस्पताल बसाइको १८ दिनपछि दीपाश्री डिस्चार्ज भएको जनाएका छन् । फेसबुकमा दीपाश्रीको मुस्कानसहितको ताजा तस्वीर पोस्ट गर्दै उनले ४० काटेपछि एकपटक मस्तिष्कको अवस्था परीक्षण गर्न सबैलाई अनुरोध गरेका छन् ।

दीपक लेख्छ्न- ‘१८ दिन पछि अस्पताल बाट निस्कदै गर्दा दीपाजीले भन्नु भयो, ‘महाभारत यु्द्ध पनि १८ दिन नै भएको थियो रे । मेरो जीवनमा अप्रत्यासित ढंगले आएको रोग सँगको संघर्ष पनि १८ दिन नै चल्यो ।

सम्पूर्ण शुभेच्छुकहरू, उपचारमा संग्लग्न स्वास्थ्यकर्मीहरू अस्पतालमा आएर उहाँलाइ आशीर्बाद प्रदान गर्नु हुने सम्पूर्ण महानुभावलाई धन्यबाद दिँदै , ४० काटेपछि एकपल्ट मस्तिस्कको अवस्था परिक्षण गर्नुहुन सबैलाइ अनुरोध गर्नु भएको छ । जय पशुपतिनाथ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?