+
+
Shares

सुस्ता जोड्ने झोलुङ्गे पुल जिर्ण

पुल सुरक्षाका लागि लगाइएका जाली फाटेका छन् भने नटबोल्टहरु खुकुलो भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ८ गते ११:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पश्चिम नवलपरासीको सुस्ता जोड्न नारायणी नदीमाथि निर्मित नेपालकै लामो झोलुङ्गे पुल सञ्चालनको छोटो अवधिमै जीर्ण बन्न थालेको छ।
  • पुलको सुरक्षाका लागि लगाइएका जाली फाटेका छन् भने जडान गरिएका नटबोल्टहरू खुकुलो हुँदा स्थानीयमा चिन्ता बढेको छ।
  • २० करोड ९३ लाख रुपैयाँ लागतमा बनेको सो पुलबाट सुस्ताका तीन हजार बढी स्थानीयले सुरक्षित र सहज रूपमा आउजाउ गर्दै आएका छन्।

८ साउन, चितवन । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ५ सुस्ता जोड्न नारायणी नदी माथि बनाइएको झोलुङ्गे पुल जीर्ण बन्न थालेको छ ।

२०८१ साल असोज १० गते राष्ट्रपति रामचन्द्र पौडेलले उदघाटन गरेर सञ्चालनमा ल्याइएको यो पुल छोटो अवधिमै जीर्ण बन्न थालेको छ ।

पुल सुरक्षाका लागि लगाइएका जाली फाटेका छन् भने नटबोल्टहरु खुकुलो भएका छन् ।

नेपालको सबैभन्दा धेरै स्पान भएको र लामो झोलुङ्गे पुलका रुपमा चिनिने सुस्ता पुलको लागत करिब २० करोड ९३ लाख रुपैयाँ थियो  ।

झण्डै ९ वर्ष लगाएर बनाइएको यो पुल सुस्ता जाने/आउने दुईपांग्रे सवारी र पैदलयात्रीले प्रयोग गर्दछन् ।

करिब ३ सय घरधुरी रहेको सुस्तामा ३ हजार १ सय जनसंख्या छ । पहिले पुल नहुँदा सुस्तावासीले नारायणी नदी डुङ्गाबाट तर्नुपर्थ्यो वा भारतीय भूमिबाट घुमेर आउजाउ गर्नुपर्थ्यो ।

पुल बनेपछि आफ्नै नेपाली भूमिबाट सुरक्षित र सहज आवतजावत सम्भव भएको छ । पुलसँगै सुस्ता बस्तीमा विद्युत् विस्तार गरिएको छ । पुलमा उत्तर प्रदेश तथा विहारबाट युवा युवतीहरु फोटो खिच्न र घुम्न अधिक मात्रामा आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?