+
+
Shares

गुण्डागर्दी र अपराधमा संलग्न १८७१ जनाको प्रहरीले तयार पार्‍यो प्रोफाइल

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ८ गते १४:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला प्रहरी परिसर काठमाडौंले उपत्यकाका १८ सय ७१ जना गुण्डा तथा अपराधीहरूको विस्तृत प्रोफाइल तयार पारेको छ ।
  • अपराध अनुसन्धान तथा अभियुक्तहरूको पहिचान सहज बनाउन प्रहरीले उनीहरूको तीन पुस्ते विवरणसहितको अभिलेख राखेको हो ।
  • प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले पटके अपराधी र कसुरको प्रकृतिअनुसार छुट्टाछुट्टै प्रोफाइल तयार पारिएको जानकारी दिनुभयो ।

८ साउन, काठमाडौं । गुण्डागर्दी तथा अपराधमा संलग्न १८ सय ७१ जनाको प्रोफाइल प्रहरीले तयार पारेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मलेन गर्दै यसबारे जानकारी गराएको हो ।

परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार काठमाडौंमा हुने विभिन्न प्रकृतिका अपराध तथा गुण्डागर्दीमा संलग्न १८ सय ७१ जनाको प्रोफाइल तयार पारिएको हो ।

कुनै अपराध भइहालेमा संदिग्ध व्यक्तिको पहिचान गर्न तथा खोजी गरी कारबाहीको दायरामा ल्याउन सहयोग हुने भन्दै प्रहरीले क्रिमिनल व्यक्तिहरुको तीन पुस्तेसहितको प्रोफाइल तयार पारेको हो ।

जसमा पटके अभियुक्त र अपराधको कसुर अनुसारका फरक फरक छुट्टयाएर प्रोफाइल तयार पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?