News Summary
Generated by OK AI. Editorially reviewed.- द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीले ड्युक अफ एडिनबर्ग्स इन्टरनेसनल अवार्ड २०२६ अन्तर्गत ब्रोन्ज अवार्ड प्राप्त गरेका छन्।
- काठमाडौंमा आयोजित विशेष समारोहमा आर्या गुरुङ, मरिशा देवी गुरुङ, नेइर अमात्य, सियाना र शशांक झालाई उक्त अवार्डबाट सम्मानित गरिएको हो।
- यो अवार्डले युवाको सिप विकास, सामुदायिक सेवा, शारीरिक सक्रियता र नेतृत्व क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने कलेजले जनाएको छ।
८ साउन, काठमाडौं । द ब्रिटिस मोडल कलेज (बीएमसी) का पाँच विद्यार्थीले ड्युक अफ एडिनबर्ग्स इन्टरनेसनल ब्रोन्ज अवार्ड प्राप्त गरेका छन्।
आर्या गुरुङ, मरिशा देवी गुरुङ, नेइर अमात्य, सियाना र शशांक झाले सो अवार्ड पाएका हुन् । उनीहरूलाई सोमबार काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा आयोजित नेसनल अवार्ड सेरेमोनी २०२६ मा सम्मान गरिएको कलेजले जनाएको छ।
उक्त कार्यक्रममा देशभरका ब्रोन्ज, सिल्भर र गोल्ड अवार्ड विजेताहरूलाई सम्मान गरिएको थियो। कलेजका अनुसार विश्वव्यापी रूपमा मान्यता प्राप्त यो कार्यक्रमले युवालाई सिप विकास, सामुदायिक सेवा, शारीरिक सक्रियता तथा नेतृत्व क्षमता अभिवृद्धिमा प्रेरित गर्छ।
विद्यार्थीहरूको उपलब्धिप्रति बधाई दिँदै कलेजले यसले अन्य विद्यार्थीलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरेको छ। साथै, विद्यार्थीहरूलाई मार्गदर्शन गर्ने राजनकुमार राईप्रति कलेजले आभार व्यक्त गरेको छ।
द ड्युक अफ एडिनबर्ग्स इन्टरनेसनल अवार्ड १४ देखि २४ वर्ष उमेर समूहका युवायुवतीका लागि सञ्चालन हुने आत्मविकास कार्यक्रम हो। यस्ता सहपाठ्यक्रम तथा नेतृत्व विकासका कार्यक्रममार्फत विद्यार्थीहरूलाई आत्मविश्वासी, सक्षम र समाजप्रति जिम्मेवार नागरिकका रूपमा अघि बढ्न कलेजले
निरन्तर प्रोत्साहन गर्दै आएको छ।
प्रतिक्रिया 4