+
+
Shares

सीमाको अनुगमनमा म आफैं जाँदा स्टन्ट भने, अब स्पेशल टास्क फोर्सले गर्छ : गृहमन्त्री गुरुङ

‘सीमा नाकामा अब गृहमन्त्री जाने भन्दा पनि मिनिस्ट्रियल टास्क फोर्स बनाउने योजना बनाएका छौं,’ गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ । काम गर्नै गाह्रो हुने रहेछ । कतिपयले स्टन्ट पनि भनिदिनुहुँदो रहेछ । अब हामीले बुझिसक्यौं । अब सादा पोशाकको युनिटले जनताको दु:ख सीमामा बुझेर मनिटरिङ गर्छौं ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ८ गते १७:४३
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्री सुधन गुरुङ (तस्वीर/रासस)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनका लागि अब सादा पोशाकको \'स्पेशल टास्क फोर्स\' बनाइने जानकारी दिए ।
  • गृहमन्त्रीले भने , \'सीमा नाकामा अब गृहमन्त्री जाने भन्दा पनि मिनिस्ट्रियल टास्क फोर्स बनाउने योजना बनाएका छौं, अब सादा पोशाकको युनिटले जनताको दु:ख बुझ्नेछ ।\'
  • गृहमन्त्री गुरुङले मधेश, कर्णाली र सुदूरपश्चिमका जनताको आँशुमा हुने राजनीति अन्त्य गर्दै ती क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।

८ साउन, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले अबदेखि सीमा क्षेत्रको अवलोकनका लागि गृहमन्त्री आफैं भन्दा पनि स्पेशल टास्क फोर्स बनाएर सादा पोशाकमा खटाइने बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले उठाएको विषयको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

‘सीमा नाकामा अब गृहमन्त्री जाने भन्दा पनि मिनिस्ट्रियल टास्क फोर्स बनाउने योजना बनाएका छौं,’ गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ । काम गर्नै गाह्रो हुने रहेछ । कतिपयले स्टन्ट पनि भनिदिनुहुँदो रहेछ । अब हामीले बुझिसक्यौं । अब सादा पोशाकको युनिटले जनताको दु:ख सीमामा बुझेर मनिटरिङ गर्छौं ।’

विशेषगरी मधेश, कर्णाली र सुदूरपश्चिमका जनताको आँशुको राजनीति यसअघि धेरै भएको सुनाउँदै अब आफ्नो सबैभन्दा धेरै प्राथमिकतामा यी प्रदेशहरू पर्ने बताए ।

‘मलाई खड्केको विषय भनेको, म एउटा नागरिक हुँदा मधेश, कर्णाली र सुदूरपश्चिम भनेको धेरै जनताको आँशुमा राजनीति भएको ठाउँ हो । जनताले उपलब्धि भएको अनुभव गरेको छैन,’ गृहमन्त्री गुरुङले भने, ‘जेनजी आन्दोलनपछि हामी सरकारमा त थिएनौं तर विशेष प्राथमिकतामा मधेश, कर्णाली र सुदूरपश्चिममा बजेटका लागि समन्वय गरेका थियौं । अहिले पनि गृहमन्त्रीकै स्पेशल प्रायोरिटिमा छ ।’

त्यहाँका जनताले धेरै नै दुख पाएको भन्दै उनले अब आँशुको राजनीति नहोस् भन्ने चाहेको बताए ।

‘यहाँका जनताले धेरै वर्ष भयो दु:ख पाएको । कसैले पनि जनताको आँशुमा राजनीति नगरोस् भन्ने हाम्रो हो । कुनै कमजोरी भयो भने सुधार्दै लैजाऔंला,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?