+
+
Shares

सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सशस्त्र प्रहरी प्रतिबद्ध छ : महानिरीक्षक पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ८ गते १७:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा सुरक्षा र अपराध नियन्त्रणका लागि सङ्गठन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
  • उनले सीमा सुरक्षालाई थप सुदृढ बनाउन स्थानीय नागरिक तथा अन्य सुरक्षा निकायसँग समन्वय र सहकार्य गर्दै काम गरिरहेको उल्लेख गरे ।
  • महानिरीक्षक पौडेलले दुवैतर्फका समकक्षी सुरक्षा निकायसँगको सहकार्यलाई थप प्रभावकारी बनाई सीमा व्यवस्थापनका कार्यलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

८ साउन, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै महानिरीक्षक पौडेलले सीमा सुरक्षालाई थप सुदृढ र प्रभावकारी बनाउन स्थानीय नागरिक, अन्य सुरक्षा तथा प्रशासनिक निकाय र सरोकारवालाहरूसँग निरन्तर समन्वय र सहकार्य भइरहेको जानकारी दिएका हुन् ।

‘सशस्त्र प्रहरी बल सीमा क्षेत्रका नागरिक, स्थानीय समुदाय, सुरक्षा तथा प्रशासनिक निकाय र अन्य सरोकारवालासँग समन्वय र सहकार्य गर्दै सीमा सुरक्षा तथा सीमा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने प्रतिवद्धताका साथ काम गरिरहेको छ । उत्तरतर्फ र दक्षिणतर्फका समकक्ष सुरक्षा निकायसँगको सहकार्यलाई अझ सुदृढ बनाई दुई देशबीच समन्वयका माध्यमबाट सीमा सुरक्षा र सीमा अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाइनेछ,’ उनले भने ।

उत्तर र दक्षिण दुवैतर्फका समकक्षीहरूसँगको समन्वय र सहकार्यलाई अझ सुदृढ बनाएर सीमा सुरक्षा र अपराध नियन्त्रणका कार्यलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन सशस्त्र प्रहरी बल प्रतिबद्ध रहेको उनको भनाइ छ ।

‘हालसम्म संगठनले सीमा सुरक्षा, नागरिकको सुरक्षा तथा शान्ति–सुरक्षा कायम गर्न विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । आगामी दिनमा पनि प्रचलित कानुन, उपलब्ध स्रोत–साधन र क्षमताअनुसार सीमा क्षेत्रको सुरक्षा, शान्ति–सुव्यवस्था र समग्र सीमा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने दिशामा सशस्त्र प्रहरी बल प्रतिबद्ध रहनेछ,’ उनले भने ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रका नागरिकको जिउधनको सुरक्षा र शान्ति सुव्यवस्थाका लागि विगतदेखि नै विभिन्न सुरक्षा कारबाही र गतिविधिहरू सञ्चालन गर्दै आएको महानिरीक्षक पौडेलले बताए ।

आगामी दिनमा पनि प्रचलित कानूनको परिधिभित्र रही उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै सीमा सुरक्षालाई थप मजबुत बनाउन सङ्गठन क्रियाशील रहने उनले प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?