News Summary
Generated by OK AI. Editorially reviewed.- भारतको हिमाचल प्रदेशको कडु नालामा पहिरो खस्दा जिपमा सवार १३ जनाको मृत्यु भएको छ ।
- हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंहले भने, \'टाटा सुमो गाडीमा ढुंगा खस्दा १३ जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना घाइते भएको खबर सुनेर म अत्यन्तै दुःखी छु ।\'
- मुख्यमन्त्रीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचारका लागि लाहौल र स्पितीका अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
भारतको हिमाचल प्रदेशको पांगी र लाहौल-स्पिती जिल्लाको सीमावर्ती क्षेत्र कडु नालामा पहिरो जाँदा १३ जनाको मृत्यु भएको छ ।
उदयपुर-किलाड सडकमा कडु नाला नजिकै पहिरो खस्दा कुल्लुबाट पांगी जाँदै गरेको जिपमाथि शुक्रबार पहिरो खसेको थियो ।
पहरोमा परी १३ जनाको मृत्यु भएको लाहौल-स्पितीकी प्रहरी अधिकृत शिवानी मेहलाले पुष्टि गरेकी छन् ।
हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खुले इन्स्टाग्राममा पोस्ट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्।
उनले लेखेका छन् , ‘टाटा सुमो गाडीमा ढुंगा खस्दा १३ जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना घाइते भएको खबर सुनेर म अत्यन्तै दुःखी छु । प्रियजन गुमाउनुको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन।’
‘यस कठिन समयमा शोकसन्तप्त परिवारहरूसँग मेरो गहिरो समवेदना छ । भगवानले दिवंगत आत्मालाई आफ्नो चरणमा शान्ति प्रदान गरुन् र शोकसन्तप्त परिवारहरूलाई यो असह्य पीडा सहन सक्ने शक्ति प्रदान गरुन्।’
मुख्यमन्त्री सिंहले घटनाको जानकारी पाउने बित्तिकै लाहौल र स्पितीका अधिकारीहरूलाई घाइतेको उपचारका राम्रो प्रबन्ध गर्न निर्देशन दिएको बताए।
प्रतिक्रिया 4