News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने विषयमा लिखित सहमति भएको छ ।
- सहमति अनुसार एमालेले कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व गर्नेछ ।
- कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व गर्ने जिम्मेवारी नेकपाले पाएको छ ।
९ साउन, काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारहरूमा सहकार्य गर्ने सहमति भएको छ ।
जस अनुसार, नेकपा एमालेले ३ र नेकपाले २ प्रदेशको नेतृत्व गर्ने गरी सहमति भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार लिखित सहमति भएको हो ।
सहमति अनुसार, कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व नेकपा एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4