९ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपा सांसद गणेश पौडेलमाथि भएको आक्रमणको निन्दा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति थापाले असहमतिको उत्तर हिंसा र अपमानबाट हुन नसक्ने बताएका छन् ।
‘प्रतिनिधि सभा सदस्य गणेश पौडेलमाथि भएको आक्रमण निन्दनीय छ,’ उनले लेखेका छन्, ‘असहमति भए त्यसको उत्तर संवाद, बहस र लोकतान्त्रिक प्रक्रियाबाट दिनुपर्छ, हिंसा वा अपमानबाट होइन ।’
बारा–४ बाट निर्वाचित सांसद पौडेलमाथि कालो मसी प्रहार भएको थियो ।
‘लोकतन्त्रमा विचार फरक हुन सक्छ, असहमति पनि हुन सक्छ,’ सभापति थापाले लेखेका छन्, ‘तर कुनैपनि व्यक्ति माथि कालो मसी प्रहार गर्ने, दुर्व्यवहार गर्ने वा अराजक गतिविधिमा उत्रिने कार्य कुनैपनि हालतमा स्वीकार्य हुन सक्दैन ।’
प्रतिक्रिया 4