News Summary
Generated by OK AI. Editorially reviewed.- डलर साट्ने प्रलोभन देखाई ठगी गरेको आरोपमा प्रहरी वृत्त बौद्धको टोलीले सिन्धुपाल्चोकका चार जनालाई पक्राउ गरेको छ ।
- पक्राउ परेकाहरूविरुद्ध डाँका चोरीको कसुरमा पाँच दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
- उनीहरूको साथबाट नगद तीन लाख ८४ हजार र सुनजस्तो देखिने विभिन्न गहनासहित नक्कली डलर बरामद भएको प्रहरीले जनाएको छ ।
१० साउन, काठमाडौं । डलर साट्ने भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३० वर्षीय धनबहादुर तामाङ, सोही ठाउँका ४१ वर्षीय लोकबहादुर तामाङ, ३८ वर्षीय राजकुमार लामा, ३७ वर्षीय विजय तामाङ छन् । उनीहरूलाई प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूविरुद्ध डाँका चोरीको कसुरमा ५ दिनको म्याद लिएर अनुसनधान अघि बढाइएको छ ।
उनीहरूबाट ३ लाख ८४ हजार , ५ सय दरको १ थान डलर, सुनजस्तो देखिने बेरुवा औठी, सुनजस्तो देखिने ब्रास्लेट, रिङ, तिलहरी बरामद भएको छ ।
पक्राउ परेका मध्ये धनबहादुरविरुद्ध यसअघि ठगीका ६ वटा मुद्दा र लोकबहादुरविरुद्ध पनि खोटा चलन, अभद्र, ठगी र बैंकिङ कसुरको मुद्दा दर्ता भइ फरार भएको देखिएको हो ।
प्रतिक्रिया 4