+
+
Shares

‘मिस नेपाल नर्थ अमेरिका २०२६’ को उपाधि दीपिका शर्मालाई

वासिङ्टन डीसीमा आयोजित ग्रान्ड फिनालेमा उपाधिका लागि १६ जनाले प्रतिस्पर्धा गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १० गते १९:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको वासिङ्टन डीसीमा आयोजित मिस नेपाल नर्थ अमेरिका २०२६ को उपाधि पोखराकी दीपिका शर्माले जितेकी छन्।
  • प्रतिस्पर्धामा मिसिगनकी अनामिका श्रेष्ठ प्रथम, साउथ क्यारोलाइनाकी अनामिका खड्गी द्वितीय र टेक्सासकी रेश्मा निरौला तृतीय उपविजेता घोषित भएका छन्।
  • ग्रान्ड फिनालेमा १६ जनाले प्रतिस्पर्धा गरेको र विजेताहरूलाई नेपालमा सामाजिक कार्यमा सहभागी गराउने योजना रहेको आयोजक ड्रीम्स युनिभर्सलले जानकारी दिएको छ।

वासिङ्टन डीसी । मिस नेपाल नर्थ अमेरिका २०२६ को उपाधि दीपिका शर्माले जितेकी छन् । मेरिल्यान्ड राज्यमा बसोबास गर्दै आएकी उनको पुख्यौंली घर नेपालको पोखरा हो ।

प्रथम उपविजेतामा मिसिगनकी अनामिका श्रेष्ठ, द्धितीय उपविजेतामा साउथ क्यारोलाइनाकी अनामिका खड्गी, तृतीय उपविजेता टेक्सासकी रेश्मा निरौला घोषित भए ।

वासिङ्टन डीसीमा आयोजित ग्रान्ड फिनालेमा उपाधिका लागि १६ जनाले प्रतिस्पर्धा गरेका थिए । फिनाले समारोहमा पूर्वमिस नेपाल प्रियंकारानी जोशी, पूर्वमिस नेपाल इन्टरनेसनल तथा अभिनेत्री नीति शाह, पूर्वमिस नेपाल इन्टरनेसनल शुभेच्छा खड्का, कार्यवाहक नेपाली राजदूत शरदराज आरण सहभागी थिए ।

शैलेन्द्र श्रेष्ठ प्रमुख रहेको ड्रीम्स युनिभर्सलले प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । विजेताहरूलाई नेपालमा ल्याएर सामाजिक कार्यमा पनि सहभागी गराइने योजना रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?