+
+
Shares

‘मिस नेपाल नर्थ अमेरिका २०२६’ विजेताले मिलान फेसन विकमा हिँड्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २१ गते १४:०६

काठमाडौं । ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ की विजेताले विश्वप्रसिद्ध मिलान फेसन विक २०२६ मा र्‍याम्पमा हिँड्ने अवसर प्राप्त गर्ने भएकी छन् ।

आयोजकका अनुसार विजेताले सेप्टेम्बर २०२६ मा आयोजना हुने मिलान फेसन विकमा सहभागिता जनाउनेछिन् । साथै, उनी फेसन ब्रान्ड कीर्ति क्लोथिङको विशेष परिधानमा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुने अवसर पनि पाउनेछिन् ।

यो अवसरमार्फत विजेताले नेपाली सौन्दर्य, आत्मविश्वास र उत्कृष्टतालाई विश्व फेसन जगतमा प्रतिनिधित्व गर्ने आयोजक प्रमुख शैलेन्द्र श्रेष्ठले अनलाइनखबरलाई बताए । प्रतियोगिताको ग्रान्ड फिनाले जुलाई २६, २०२६ मा वासिङ्टन डीसीमा आयोजना हुने तयारीमा छ । उपाधिका लागि २० जना सुन्दरीले प्रतिस्पर्धा गर्दैछन् ।

मिलान फेसन विक विश्वकै प्रतिष्ठित फेसन कार्यक्रममध्ये एक हो । यो इटालीको मिलान सहरमा वर्षमा दुई पटक आयोजना गरिन्छ । यहाँ विश्वका प्रसिद्ध फेसन डिजाइनर, लक्जरी ब्रान्ड, सुपरमोडल, फेसन सम्पादक, खरिदकर्ता, सेलिब्रिटी तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहभागिता हुन्छ ।

यो कार्यक्रम न्युयोर्क, लन्डन, मिलान र पेरिस गरी विश्वका चार प्रमुख फेसन विकमध्ये एक मानिन्छ । सेप्टेम्बर २०२६ मा आयोजना हुने मिलान फेसन विकमा मुख्य रूपमा स्प्रिङ-समर २०२७ का महिला फेसन कलेक्सन सार्वजनिक गरिने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?